आ-आफ्नो वडा कार्यालयमा गई व्यक्तिगत घटना दर्ता गर्न उपपमेयर तामाङको अनुरोध

०४ वैशाख २०८० ।
टोखा नगरपालिकाका उपपमेयर तामाङले आ(आफ्नो वडा कार्यालयमा गई व्यक्तिगत घटना दर्ता गर्न अनुरोध गर्नुभएको छ ।
व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तीका लागि जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद र बसाइ सराइ लगायतका व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आआफ्नो वडा कार्यालयमा गई निःशुल्क दर्ता गर्न सबै नगरबासीलाई आग्रह गर्नुभएको छ ।
उपमेयर तामाङले यही २०८० साल बैशाख १ गते देखि ७ गतेसम्म देशैभरी संचालन भई रहेको व्यक्तिगत घटना दर्ता सप्ताह सफल पार्न आग्रह गर्दै व्यक्तिगत घटना दर्ता गराउन बाँकी रहेका नगरबासीहरु सबैलाई अनुरोध गर्नुभएको छ ।