टोखा नगरपालिका-१० द्धारा व्यक्तिगत घटना दर्ता सम्बन्धी प्रभातफेरी कार्यक्रम सम्पन्न

०८ वैशाख २०८० ।
टोखा नगरपालिका वडा नं.१० ले व्यक्तिगत घटना दर्ता सम्बन्धी प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।
प्रभातफेरी कार्यक्रम वडाका विभिन्न स्थानहरुमा गरिएको वडा सदस्य जगतलाल शाहीले जानकारी दिनुभयो ।
प्रभातफेरीमा वडा अध्यक्ष मचाकाजी महर्जन, नगर कार्यपालिका सदस्य लिलादेवी अधिकारी, वडा सदस्य जगतलाल शाही, वडा सचिव शान्ति बस्नेत लगायत महिला स्वास्थ्य स्वयम्सेविकाहरु र वडाबासीहरुको सहभागिता रहेको थियो ।
टोखा नगरपालिका वडा नं.१० द्धारा व्यक्तिगत घटना दर्ता सम्बन्धी प्रभातफेरी कार्यक्रम सम्पन्न
०८ वैशाख २०८० ।
टोखा नगरपालिका वडा नं.१० ले व्यक्तिगत घटना दर्ता सम्बन्धी प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।
प्रभातफेरी कार्यक्रम वडाका विभिन्न स्थानहरुमा गरिएको वडा सदस्य जगतलाल शाहीले जानकारी दिनुभयो ।
प्रभातफेरीमा वडा अध्यक्ष मचाकाजी महर्जन, नगर कार्यपालिका सदस्य लिलादेवी अधिकारी, वडा सदस्य जगतलाल शाही, वडा सचिव शान्ति बस्नेत लगायत महिला स्वास्थ्य स्वयम्सेविकाहरु र वडाबासीहरुको सहभागिता रहेको थियो ।
वडा अध्यक्ष मचाकाजी महर्जन, नगर कार्यपालिका सदस्य लिलादेवी अधिकारी, वडा सदस्य जगतलाल शाही र वडा सचिव शान्ति बस्नेतले व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तीका लागि जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद र बसाइ सराइ लगायतका व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आआफ्नो वडा कार्यालयमा गई निःशुल्क दर्ता गर्न वडाबासीलाई आग्रह गर्नुभएको छ ।