टोखा नगरपालिका-०९ द्धारा व्यक्तिगत घटना दर्ता सम्बन्धी प्रभातफेरी कार्यक्रम सम्पन्न

०८ वैशाख २०८० ।
टोखा नगरपालिका वडा नं. ०९ ले व्यक्तिगत घटना दर्ता सम्बन्धी प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।
प्रभातफेरी कार्यक्रम वडाका विभिन्न स्थानहरुमा गरिएको वडा अध्यक्ष रामभक्त घिमिरेले जानकारी दिनुभयो ।
प्रभातफेरीमा वडा अध्यक्ष रामभक्त घिमिरे, वडा सदस्य देवमाया आचार्य लगायत वडाका जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत महिला स्वास्थ्य स्वयम्सेविकाहरु र वडाबासीहरुको सहभागिता रहेको थियो ।
वडा अध्यक्ष रामभक्त घिमिरे र वडा सदस्य देवमाया आचार्यले व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तीका लागि जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद र बसाइ सराइ लगायतका व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आआफ्नो वडा कार्यालयमा गई निःशुल्क दर्ता गर्न वडाबासीलाई आग्रह गर्नुभएको छ ।