काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नका लागि भएका कामहरुको जिसस काठमाडौंद्धारा अन्तिम अनुगमन कार्य सम्पन्न

२५ चैत्र २०७५
काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नका लागि भएका कामहरुको जिल्ला समन्वय समिति काठमाडौंद्धारा अन्तिम अनुगमन कार्य सम्पन्न भएको छ ।
२०७५ चैत्र २५ गते सोमबारका दिन जिल्ला समन्वय समिति काठमाडौंका उपप्रमुख सरिता दाहाल नेतृत्वको अनुगमन टोलिले शंखरापुर नगरपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घाषणा गर्नका लागि भएका कामहरुको सम्बन्धमा अन्तिम अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा शंखरापुर नगरपालिकालाई खुल्ला दिशामुक्त नगरपालिका घोषणा गर्नका लागि भएका कामहरुको बारेमा अनुगमन टोलिले स्थलगत रुपमा अनुगमन गरेको जिल्ला समन्वय समिति काठमाडौंका योजना अनुगमन तथा प्रशासकीय अधिकृत घनश्याम तिमिल्सेनाले जानकारी दिनुभएको छ ।
सो अनुगमन टोलीमा जिल्ला समन्वय समिति काठमाडौंका उपप्रमुख सरिता दाहाल, योजना अनुगमन तथा प्रशासकीय अधिकृत घनश्याम तिमिल्सेना लगायत खानेपानी तथा सरसफाई आयोजना कार्यालय काठमाडौंका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।