घोडेजात्रा मनाइदै

काठमाडौं उपत्यकामा आज घोडेजात्रा मनाइँदैछ ।हरेक वर्ष चैत्र कृष्ण चतुर्दशीका मनाइने यो जात्रामा काठमाडौँको टुँडिखेलमा नेपाली सेनाले घोडादौड र अश्वकला प्रदर्शन गर्ने गरेको छ । घोडेजात्राको अवसरमा टुडिखेलमा आयोजना हुने औपचारिक कार्यक्रममा देशका विशिष्ट व्यक्तिहरु सहभागी हुने गर्दछन् ।

तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुरले घोडासहित त्रिशुलीमा हाम फालेको र फ्रान्समा नेपोलियन बोनापार्ट समक्ष प्रस्तुत भएको घोडादौडमा प्रथम भएको स्मरणमा टुडिखेलमा रहेको जंगबहादुरको शालिक अवलोकन गर्ने चलन छ ।

घोडेजात्राको बेग्लै धार्मिक किंवदन्ती पनि रहेको छ ।टुण्डी नामका राक्षसले सहरका बालबालिकालाई दुःख दिन थालेपछि घोडाको टापले राक्षसलाई दबाएर राखिएको किंवदन्ती छ ।

त्यस्तै कहिल्यै थकित नहुने घोडालाई हेरेर मानिसले पनि आफूलाई तन्दुरुस्त राख्न यो दिन घोडालाई मनपर्ने चना घाँस आदि दिएर धन्य सम्झने चलन छ ।घोडेजात्राको अवसरमा सरकारले उपत्याकामा सार्वजनिक विदा दिने गरेको छ ।