टोखा नगरपालिका वडा नं. २ मा मास्क बितरण

१६ चैत्र २०७६ ।
टोखा नगरपालिका वडा नं. २ मास्क बितरण गरिएको छ ।
वडा नं. २ का वडा अध्यक्ष दिपकराज जोशी र वडा सदस्य पञ्च कुमारी श्रेष्ठले वडाका टोल र बस्तिहरुमा गई वडाबासीहरुलाई मास्क बितरण गर्नुभएको थियो ।

विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) का कारण वडाबासीमा पर्न सक्ने असरलाई कम गर्ने उद्देश्यले मास्क बितरण गरिएको वडा अध्यक्ष दिपकराज जोशी र सदस्य पञ्च कुमारी श्रेष्ठले जानकारी दिनुभएको छ ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको आग्रह बमोजिम वडा नं.२ मा बसोबास गरी दैनिक ज्यालादारी तथा मजदुरी गरी खाने व्यक्तिहरुनलाई राहत दिनका लागि वडा कार्यालयले उनिहरुको तथ्यांक संकलन गर्ने कार्य गरिरहेको पनि वडा अध्यक्ष दिपकराज जोशीले बताउनुभएको छ ।