कागेश्वरी मनोहरा नगरपालिका नगरबासीलाई कोभिड १९ को संक्रमणबाट जोगाउन लागिपरेको छ ः नगर प्रमुख थापा

९ असार २०७७ ।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले नगरबासीलाई कोभिड १९ को संक्रमणबाट जोगाउन नगरपालिका लागिपरेको बताउनुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले कोभिढ १९ र महिलाहरुमा पार्ने मनोसामाजिक तथा मानसिक असरहरु विषयक मनोपरामर्श सम्बन्धी सचेतना कार्यक्रमलाई आज थलिमा सम्बोधन गर्नुहुदै नगर प्रमुख थापाले सो कुरा बताउनुभएको हो ।
सो अवसरमा नगर प्रमुख थापाले नगरपालिकाले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका साथै नगरलाई स्वच्छ, सफा र हराभरा बनाउनका लागि अहोरात्र कार्य गरिरहेको पनि बताउनुभएको थियो ।
नगरपालिकाले नगरको समग्र विकास र समृद्धिलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउदै नगर प्रमुख कृष्णहरि थापाले नगरमा वर्तमान संकटपूर्ण अवस्थामा पनि विकास निर्माणका कामहरु तिब्र रुपमा सञ्चालन भैरहेको र विकास निर्माणका काममा नगरबासीहरुको उत्साहजनक रुपमा सहभागिता रहेको पनि बताउनुभएको छ ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञवाली र स्वास्थ्य शाखाका अधिकृत लक्ष्मी कोइरालाले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनबाट प्रभावित भएका महिलाहरुलाई लकडाउनको असर कम गर्ने उद्देश्यले मनोपरामर्श सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको बताउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकामा क्रियाशिल महिलाहरुको सहभागिता रहेको स्वास्थ्य शाखाका अधिकृत लक्ष्मी कोइरालाले जानकारी दिनुभएको छ ।