कागेश्वरी मनोहरा नगरपालिकाको समग्र विकास र समृद्धिका लागि नगर प्रमुख थापा अहोरात्र सक्रिय

१० मंसिर २०७७ ।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा नगरको समग्र विकास र समृद्धिका लागि अहोरात्र सक्रिय भएर लाग्नुभएको छ ।
नगर प्रमुख थापाको नेतृत्वमा नगरका सम्पूर्ण जनप्रतिनिधिहरु नगरको विकास र समृद्धिमा सक्रिय भएर लाग्नुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, शहरीकरण व्यवस्थापन, कृषिको आधुनिकीकरण, व्यवसायीकरण, पर्यटन प्रबद्र्धन, खानेपानी, संस्कृति तथा सम्पदा संरक्षण, वातावरण संरक्षण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बताउनुभएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाले नगरबासीहरुलाई छिटो, छरितो र प्रभावकारी रुपले सेवा प्रवाह गरिरहेको बताउदै नगर प्रमुख थापाले नगरबासीहरुको माग र चाहना बमोजिमका योजनाहरुलाई प्राथमिकता दिएर कार्यान्वयन गरिरहेको पनि जानकारी दिनुभयो ।
कागेश्वरी मनोहरा नगरपालिकाले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण र व्यवस्थापनको क्षेत्रमा उदाहरणीय कार्य गरिरहेको छ । नगरपालिकाले कोभिडको व्यवस्थापनमा काठमाडौंमै नमूना र उदाहरणीय कार्य गरेको नगर प्रमुख थापाको भनाई छ ।


नगरलाई सुशासनमैत्री, पारदर्शी र जवाफदेही बनाइएको नगर प्रमुख थापा बताउनुहुन्छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले महिला, बालबालिका, जेष्ठ नागरिक, अपांग लगायतका बर्गको हक, हित र उत्थानमा लागि आवश्यक कार्य गरिरहेको नगर प्रमुख थापाको भनाई छ ।
नगरको समग्र विकास र समृद्धिका लागि आगामी दिनमा पनि सक्रियतापूर्वक लाग्न सबै नगरबासीहरुलाई आग्रह गर्नुहुदै नगर प्रमुख थापाले नगरको समग्र विकास, व्यवस्थापन र सुधारका लागि संघीय सरकार र प्रदेश सरकारसंग समन्वय गरेर कार्य गरिरहेको पनि बताउनुभएको छ ।
मुलपानी नगर अस्पतालको क्षमता विकासका लागि कार्य भैरहको बताउदै नगर प्रमुख कृष्णहरि थापाले नगरबासीहरुलाई स्वास्थ्य सेवा पनि सरल, सहज र प्रभावकारी रुपले प्रदान गरिरहेको बताउनुभयो ।
नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य चाडै शुरु हुन लागेको बताउदै नगर प्रमुख थापाले आफ्नो भवन नभएका वडा कार्यालयहरुको भवन निर्माणका लागि पनि नगरपालिका लागिपरेको नगर प्रमुख थापा बताउनुहुन्छ ।