नगरबासीको चाहना बमोजिम नगरपालिकाले कार्य गरिरहेको छ ः नगर प्रवक्ता पुडासैनी

११ मंसिर २०७७ ।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले नगरबासीहरुको चाहना बमोजिम नगरपालिकाले कार्य गरिरहेको बताउनुभएको छ ।
नगरबासीहरुको हितलाई ध्यानमा राखेर नगरपालिकाले योजना छनोट गरी कार्यान्वयन गरिरहेको नगर प्रवक्ता पुडासैनी बताउनुहुन्छ ।
कोभिडको सहि रुपमा व्यवस्थापन गरी नगरपालिका नगरबासीको हक, हितका लागि सक्रिय भएर लागेको बताउदै नगर प्रवक्ता पुडासैनीले विकास निर्माणका साथ साथै शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको पनि बताउनुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष समेत रहनुभएका नगर प्रवक्ता राजाराम पुडासैनी वडा कार्यालयले शिक्षा, स्वास्थ्य, कृषि, विकास निर्माण र सेवा प्रवाहका कामहरुलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बताउनुहुन्छ ।