नदी जन्य पदार्थको सूचारु गर्न स्थानीय सरकारका संघ महासंघको ध्यानाकर्षण

३० मंसिर २०७७ ।
स्थानीय सरकारका संघ महासंघहरुले नदीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री बितरण सूचारु गर्न संघीय सरकारसंग माग गरेका छन् ।

नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु, जिल्ला समन्वय समिति महासंघका अध्यक्ष सीता सुन्दास र गाउँपालिका राष्टिय महासंघका अध्यक्ष होम नारायण श्रेष्ठले आज संयुक्त विज्ञप्ती जारी गरी नदीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री बितरण सूचारु गर्न संघीय सरकारलाई आग्रह गर्नुभएको हो ।
विज्ञप्तीमा निर्माण सामाग्रीहरुको लागि आवश्यक पर्ने नदीजन्य पदार्थहरु रोक्दा साना ठूला विकास निर्माणका आयोजनाहरु प्रत्यक्ष प्रभावित हुने भएकोले नदीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री बितरण कार्य सूचारु गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् संघीय निकायहरको ध्यानाकर्षण गराइएको नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले बताउनुभएको छ ।
जिल्ला समन्वय समिति महासंघका अध्यक्ष सीता सुन्दास, नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु र गाउँपालिका राष्टिय महासंघका अध्यक्ष होम नारायण श्रेष्ठले आज जारी गर्नुभएको संयुक्त विज्ञप्ती देहाय बमोजिम रहेको छ ।