कागेश्वरी मनोहरा नगरपालिकाको अर्ध बार्षिक समीक्षा बैठक सम्पन्न

२९ पौष २०७७ ।
कागेश्वरी मनोहरा नगरपालिकाको अर्ध बार्षिक समीक्षा बैठक आज सम्पन्न भएको छ ।
बैठक यहि पौष २७ गते बाट शुरु भएको थियो ।
नगर प्रमुख कृष्णहरि थापाले आज सो अर्ध बार्षिक समीक्षा बैठकको समापन गर्नुभएको थियो ।
बैठकमा नगरपालिकाको आर्थिक बर्ष २०७७।०७८ का लागि चौथो नगर सभाले पास गरेका नीति, कार्यक्रम तथा बजेटको प्रगतीको सम्बन्धमा छलफल तथा समीक्षा भएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।
कागेश्वरी मनोहरा नगरपालिकामा नगर प्रमुख थापाको नेतृत्वमा नगरका सम्पूर्ण जनप्रतिनिधिहरु नगरको विकास र समृद्धिमा सक्रिय भएर लाग्नुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, शहरीकरण व्यवस्थापन, कृषिको आधुनिकीकरण, व्यवसायीकरण, पर्यटन प्रबद्र्धन, खानेपानी, संस्कृति तथा सम्पदा संरक्षण, वातावरण संरक्षण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको नगर प्रमुख थापाले बताउनुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको सो अर्ध बार्षिक समीक्षा बैठकमा नगर प्रमुख थापा, उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञावली लगायत नगरका जनप्रतिनिधिहरुको सहभागिता रहेको छ थियो ।