टोखा नगरपालिका ४ नं. वडालाई बालमैत्री घोषणा गर्दै

२८ चैत्र २०७७ ।

टोखा नगरपालिका वडा नं.४ लाई बालमैत्री घोषणाका लागी तिब्र रुपमा तयारी भैरहेको छ ।
वडालाई बालमैत्री घोषणाका लागी आज उपप्रमुख ज्ञानमाया डंगोलको प्रमुख आतिथ्यतामा मानव साङ्लो कार्यक्रम आयोजना गरियो ।

मानव साङ्लो वडा नंं ४ को धापासी माध्यमिक विद्यालयबाट शुरु भएर वडाका विभिन्न भागको परिक्रर्मा गरी पुनः धापासी माध्यमिक विद्यालयमा आएर समापन भएको थियो ।

मानव साङलोको शुभारम्भ गर्नुहुदै टोखा नगरपालिकाका नगर उप्रमुख ज्ञानमाया डंगोलले ४ नं. वडालाई बालमैत्री वडा घोषणाका लागी आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको बताउदै नगरपालिका सबै बालबालिकाको हक, अधिकार सुनिश्चित गर्न प्रतिवद्ध रहेको बताउनुभएको थियो ।
बालमैत्री स्थानीय शासन घोषणाका लागी भएका ३९ वटा सूचक मध्ये अधिकांश सूचकहरु पुरा भैसकेको र बाँकी केही सूचकहरुलाई पनी पुरा गरी चालु आर्थिक बर्ष भित्रै टोखा नगरपालिकाको पहिलो वडाको रुपमा ४ नं. वडालाई बालमैत्री वडा घोषणा गरिने बताउनुभएको थियो ।
नगरपालिकाले समग्र टोखा नगरपालिकालाई नैं बालमैत्री नगर घोषणाका लागी सबै वडामा बालमैत्री स्थानीय शासन कार्यक्रमलाई प्राथमिकता दिएर कार्य गरिरहेको नगर उपप्रमुख ज्ञानमाया डंगोलको भनाई छ ।
मानव साङलो कार्यक्रममा टोखा नगरपालिका वडा नं.४ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ लगायत वडाका जनप्रतिनिधिहरु, नेकपा एमालेका स्थानीय पार्टी प्रतिनिधि, नेपाली कांग्रेसका स्थानीय पार्टी प्रतिनिधि लगायत विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधिहरु, शिक्षकहरु, विद्यार्थीहरु, आमा समूहका प्रतिनिधिहरु, महिला स्वास्थ्य स्वम्सेविकाहरु लगायत बालमैत्री स्थानीय शासनको क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।