हस्तकला महासंघको ३७ औं अधिवेशन काठमाडौंमा आजदेखि शुरु, हस्तकलाका सामाग्रीको अन्तराष्ट्रिस्तरमा प्रचार प्रसार गर्नुपर्नेमा मुख्यमन्त्री पौडेलको जोड

भाद्र १४, काठमाडौं ।

नेपाल हस्तकला महासंघको ३७ औं अधिवेशन आजबाट शुरु भएको छ । सो अधिवेशनको आज ३ नं प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले एक समारोहबीच उदघाटन गर्नु भयो ।
कार्यक्रममा मुख्यमन्त्री पौडेलले नेपाल पुरै आयातमुखी देश भए पनि नेपालले बर्षेनी झण्डै दश अरब मुल्य बराबरको विभिन्न हस्तकलाका सामानहरु विदेश निर्यात गर्ने गरेको बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले नेपालका धरोहर हिमाल, लुम्बिनी र पशुपतिनाथको विदेशमा प्रचार प्रसार भए पनि नेपालको हस्तकला उद्योगको आवश्यक प्रचार प्रसार नभएकोले प्रचार प्रसारका कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ३ नं प्रदेशका उद्योग तथा पर्यटन मन्त्री अरुण नेपालले प्राचिन गौरव बोकेको नेपालको हस्तकला उद्योग आफैमा देशको लािग गौरुवपुर्ण भएको उल्लेख गर्दै नेपालबाट सवैभन्दा बढी नेपाली गलैंचा विदेश निर्यात हुने गरेको बताउनुभयो ।


कार्यक्रमलाई संबोधन गर्नुहुँदै काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले नेपाल हस्तकला महासंघले नेपाली संस्कृति, सम्पदा र पर्यटनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउदै व्यवसायिक रुपमा नेपाली हस्तकलाका वस्तुहरुको निर्यात गरी विश्वमा नैं नेपाली वस्तु, संस्कृति सम्पदाको प्रचार प्रसारमा महासंघले विशेष पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबावु महर्जनले ललितपुर शहर नेपालको हस्तकलाको शहर भएको बताउँदै ललितपुर विश्वमै कला र हस्तकलाको लागि प्रसिद्ध रहेको बताउनु भयो ।
कार्यक्रममा मुख्यमन्त्री डोरमणी पौडेलले हस्तकला सम्बन्धी दुईवटा पुस्तकको विमोचन पनि गर्नुभएको थियो ।
सो अधिवेशनमा नेपाल लगायत भारत बंगलादेश, चीन, थाइल्याण्ड, अस्ट्रेलिया, कुवेत, प्लोस्टाइन, ओमान लगायत १७ देशका हस्तकलाको क्षेत्रमा क्रियाशिल संघ संस्थाका पदाधिकारीहरु र विज्ञहरुको सहभागिता रहेको छ ।