सुशासन, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास र विपद् व्यवस्थापन नगरको प्राथमिकतामा ः बु.न.पा.प्रमुख खरेल

शिव रेग्मी
१४ भदौ काठमाडौं ।

 

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेलले सुशासन, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास र विपद् व्यवस्थापनलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको बताउनुभएको छ ।
काठमाडौं महानगरपालिकाद्धारा सञ्चालित मेट्रो एफ.एम.९४.६ मेगाहर्जको कार्यक्रम स्थानीय आवाज संगको कुराकानीमा उहाँले सो कुरा बताउनुभएको हो ।
बु.न.पा.ले आगामी तीन बर्षभित्रमा नगरपालिकाभित्र खानेपानीको समस्या नहुने गरी कार्य गरिरहेको उल्लेख गर्दै नगर प्रमुख खरेलले पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, सडकबाटो निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रको विकास र प्रवद्र्धनका लागि कार्य गरिरहेको पनि बताउनुभयो ।
नगरबासीको माग र चाहना बमोजिमका योजनाहरुलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको उल्लेख गर्दै खरेलले खरीद ऐनका कारण स्थानीय तहमा काम गर्न केहि समस्या भएकोले खरीद ऐन परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाभित्र भएका बुढानिलकण्ठ मन्दिर लगायतका संस्पदाहरुको संरक्षण र संबद्र्धनका लागि नगरपालिकाले पहल गरिरहेको उल्लेख गर्दै नगर प्रमुख खरेलले सार्वजनिक प्रति जग्गाको संरक्षणका लागि पनि पहल भैरहेको बताउनुभयो ।
स्थानीय तहमा काम गर्नका लागि कर्मचारीहरुलाई अझबढि दक्ष बनाउनुपर्नेमा जोड दिदै बु.न.पा.प्रमुख उद्धव प्रसाद खरेलले नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाइएको पनि बताउनुभयो ।नगरको समग्र विकासका लागि प्राथमिकताको आधारमा योजनाहरु छनोट गरी कार्यान्वयन शुरु गरिएको उहाँको भनाई थियो ।
काठमाडौं महानगरपालिकाले शुरु गरेको नगर नगर साँझेदारी कार्यक्रमले काठमाडौं जिल्लाको समग्र विकासमा महत्वपूर्ण सहयोग पुर्याउने उल्लेख गर्दै बु.न.पा. प्रमुख खरेलले नगरपालिकाभित्र हुने कामहरुलाई एकरुपता दिनका लागि समन्वय भैरहेको पनि बताउनुभयो ।
काठमाडौं महानगरपालिकाद्धारा सञ्चालित मेट्रो एफ.एम. ९४.६ मेगाहर्जको कार्यक्रम स्थानीय आवाज प्रत्येक हप्ताको विहिवार साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म नियमित रुपमा प्रशारण हुँदै आएको छ । कार्यक्रम स्थानीय आवाजमा काठमाडौं महानगरपालिकाले गरिरहेका कामहरु, स्थानीय तह सम्बन्धी भएका गतिविधिहरु लगायत काठमाडौंको एकीकृत विकास, सहरीकरण व्यवस्थापन, वातावरण संरक्षण, सेवा प्रवाह र स्थानीय कला संस्कृतिको संरक्षण तथा संवद्र्धनका क्षेत्रमा भैरहेका कामहरुको सम्बन्धमा स्थानीय तहका जनप्रतिनिधिहरु तथा विज्ञहरुसंग कुराकानी गर्ने गरिन्छ ।