तिमीहरूको लागी

२१ जेठ २०७८ ।
सनत कुमार थापा ।

याद गर जानु छ एक दिन सब चिज छाडी !

सधै कति गर्छौ लफडा र झगडा के को लागी !!

तिम्रा बिस्वाश अबिस्वास नाटक मञ्चनका लागी !

नाटक नौटंकी जनताहरूलाई झुक्काउनको लागी !!

झगडा यिन्का हेर भाग भण्डा मिलाउनका लागी !

यस्तो पो रहेछ उत्कृष्ट ब्यबस्था यिनीहरूका लागी !!

जे मनमा आउछ त्यहि भन्ने जबाफ देहिता लिन नपर्ने !

एकले अर्कोलाई खराबै देख्ने यस्ता बाट के आशा गर्ने !!

उत्तर देऊ सधैको आन्दोलन क्रान्ति के को लागी !

अब त सोच जनता कोहि रहेछ तिमीहरूको लागी !!