कागेश्वरी मनोहराद्धारा आगामी बर्षको नीति, कार्यक्रम तथा बजेटका सम्बन्धमा छलफल

३१ जेठ २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाको नगर कार्यपालिकाको बैठक आज बस्यो ।
नगर कार्यपालिकाको आज बसेको ७१ औं बैठकमा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८।०७९ को लागि ल्याउन लागेको नीति, कार्यक्रम तथा बजेटका सम्बन्धमा बिस्तृत रुपमा छलफल भएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।
नगरपालिकाको आगामी असार महिनामा हुने ५औं नगर सभाले पारित गर्ने नीति, कार्यक्रम तथा बजेट आगामी साउन महिनादेखी लागु हुने व्यवस्था रहेको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले कोभिड १९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनको साथै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सामाजिक विकास, कृषि, आर्थिक विकास, गरिवी निवारण लगायत नगरबासीलाई प्रत्यक्ष राहत पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिने गरी नीति, कार्यक्रम तथा बजेट ल्याउने नगर प्रमुख थापाले बताउनुभएको छ ।

नगर कार्यपालिका बैठकमा उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञावली, नगर प्रवक्ता राजाराम पुडासैनी लगायत वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।