कीर्तिपुर नगरपालिका वडा नं.१० को भवनको जिसस प्रमुख बैद्यद्धारा उद्घाटन

६ माघ २०७८ ।

कीर्तिपुर नगरपालिका वडा नं.१० को वडा कार्यालय भवनको निर्माण कार्य सम्पन्न भएको छ ।
सो वडा भवनको जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले उद्घाटन गर्नुभएको छ ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै जिसस काठमाडौंका प्रमुख राजवैद्यले जिससले काठमाडौंका पालिकाहरुको प्रशासकीय भवन निर्माणका लागि सहयोग गरिरहेको बताउदै वडा कार्यालय भवन निर्माणमा पनि जिससले आफ्नो मौज्दात कोषबाट सहयोग गरेको बताउनुभएको थियो ।
काठमाडौं जिल्लाको समग्र विकास र समृद्धिका लागि आफूले सक्दो समन्वय गरिरहेको पनि जिसस काठमाडौंका प्रमुख राजवैद्यले बताउनुभएको थियो ।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खड्का लगायतले नगरपालिकाको समग्र विकास र समृद्धिका लागि भइरहेका कार्यहरुको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।