गोदावरी नगरपालिका ६ द्धारा ज्येष्ठ नागरिक तथा एकल महिलाहरुलाई कम्बल बितरण

०८ माघ २०७८ ।
कैलालीको गोदावरी नगरपालिका वडा नं.६ ले ज्येष्ठ नागरिक तथा एकल महिलाहरुलाई कम्बल बितरण गरेको छ ।

गोदावरी नगरपालिका वडा नं.६ ले आयोजना गरेको कार्यक्रममा ६ नं.वडाका अध्यक्ष बिर बहादुर चोखाल र नेपाली कांग्रेसका क्षेत्रीय सचिव जयराज फुलाराले ज्येष्ठ नागरिक तथा एकल महिलाहरुलाई कम्बल बितरण गर्नुभएको थियो ।

ज्येष्ठ नागरिकहरु तथा एकल महिलाहरुलाई चिसोबाट जोगिन केही राहत पुगोस् भन्ने उद्देश्यले कम्बल बितरण गरिएको गोदावरी नगरपालिका वडा नं.६ का वडा अध्यक्ष बिर बहादुर चोखालले जानकारी दिनुभयो ।

कैलाली जिल्लाको समग्र विकास र समृद्धिका साथ साथै गोदावरी नगरपालिकाको समग्र विकास र समृद्धिका लागि नेपाली कांग्रेसका क्षेत्रीय सचिव जयराज फुलारा र वडा अध्यक्ष बिर बहादुर चोखाल लागिपर्नुभएको छ ।
कम्बल बितरणपछी ज्येष्ठ नागरिक तथा एकल महिलाहरुले चिसोबाट जोगिन आफूहरुलाई कम्बलले महत्वपूर्ण सहयोग पुग्ने बताउदै वडा अध्यक्ष लगायत वडाका जनप्रतिनिधिहरुलाई विशेष धन्यवाद दिनुएको थियो ।

नेपाली कांग्रेसले समग्र गोदावरी नगरबासीहरुको हक हितका लागि अहोरात्र कार्य गरिरहेको नेपाली कांग्रेसका क्षेत्रीय सचिव फुलाराले बताउनुभएको छ ।

कोभिडको संक्रमणबाट वडाबासी र नगरबासीहरुलाई जोगाउन आफू लागिपरेको वडा अध्यक्ष चोखालले जानकारी दिनुभएको छ ।