व्यास नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट डा.शेषरमण न्यौपाने र एमालेको समर्थनमा दिपकराज जोशी बीच प्रतिस्पर्धाको संभावना

४ वैशाख २०७९ ।
तनहुँ जिल्लाको दमौली सदरमुकाम समेत रहेको व्यास नगरपालिकाको आसन्न स्थानीय निर्वाचनमा को को उमेद्वार हुने भन्ने विषयमा अड्कलवाजी भइरहेका छन् ।
नेपाली काग्रेसमा नयाँ अनुहार आउनुपर्ने दवावका कारण डा.शेषरमण न्यौपानेको सम्भावना ह्वात्तै बढेको छ भने एमालेको समर्थनमा दिपकराज जोशी उठ्ने प्रायः निश्चित छ ।
यी दुई युवा बीचको प्रतिष्पर्धा रोचक हुने देखिएको छ ।
एउटै सालमा एसएलसी दिएर उच्च शिक्षा र व्यावसायिक जीवनमा लागेर पुनः राजनीतिमा होमिएका यी दुई भाइको व्यास नगर प्रमुखको आकांक्षा जनअनुमोदन भएको छ ।
आ-आफ्नो मौलिक कार्यशैली, जनसम्पर्क कला, दृष्टिकोण सबैले मन पराएका छन् ।
जोशी, जीवनशैलीमा परिवर्तनबाट विकासको सुरुवात हुनु पर्नेमा विश्वास गर्छन् भने डा. न्यौपाने आमजनतालाई खुसी राख्न मौलिक परम्परा, संस्कृतिको जगर्ना गर्दै आयआर्जन र स्वस्थकर आवास तथा भतिक पूर्वाधारको निर्माणबाट खुसी शहर बनाउने परिकल्पना गर्दछन् ।
समाजशास्त्रमा बिद्यावारिधी गरी दुईदशक स्थानीय विकास र सुशासनमा देश विदेशको कार्य अनुभव सगालेका डा।न्यौपाने र अमेरिकाबाट दुई विषयमा स्नातकोत्तर गरी प्रविधीको क्षेत्रमा उलेख्य अनुभव हासिल गरेका जोशी कुनै भन्दा कुनै कमी देखिदैनन् ।
यी दुबै युवाहरुमा समाजका लागि केहि गरेर देखाऔं भन्ने समान भावना छ ।
फरक यत्ति हो कि डा. न्यौपाने नेपाली कांग्रेसका जिल्ला निवर्तमान सभापति दाजु बैकुण्ठ न्यौपानेको आशिर्वाद चाहन्छन् भने जोशी पूर्व मन्त्री बुबा गोविन्द राज जोशीको विरासत जोगाउन चाहन्छन् ।