नयाँ बानेश्वर व्यापार व्यवसायी संघमा नविन लुइटेलको नेतृत्वको आवश्यकता किन ?

१० बैशाख २०७९ ।

यस नयाँबानेश्वर व्यापार व्यवसायी संघको भौगोलिक क्षेत्र काठमाडौं महानगरपालिका वडा नं. १० र ३१ हो ।
यस क्षेत्र भित्रका व्यवसायीहरु बिच पारस्परिक सम्बन्ध कायम गराउनु, ब्यवसायीको हित र संरक्षण संघको एक महत्वपुर्ण उद्देश्य र लक्ष्य हो ।
नयाँबानेश्वर व्यापार व्यवसायी संघको आजको गति र दौरानमा नेतृत्व परिवर्तन वा निरन्तरता ? यहाँहरुले नै छनोट गर्नु छ । हिजोको माग नेतृत्व संस्था चलाउन सक्ने हुनु पर्छ भन्ने थियो ।
संस्थाको गतिशिलता, समय सापेक्ष परिस्कृत, जवाफदेही, पारदर्शि र दिगोपनमा सुनिश्चितता आजको अपरिहार्यता हो । आज संस्थागत सफलता आफैमा चुनौतिपुर्ण भएकोछ । संस्था सबलताका लागि नेतृत्वको इच्छा शक्तिले मात्र सम्भव छैन, उसको इमान्दारिता, बौध्दिकता, सामाजिक मुल्य मान्यता, दुदर्शीता, जवाफदेहीता र क्रियाशिलता आदि प्रभावशाली नेतृत्वको लागि आवश्यक रत्नहरु हुन् । मेरा कुनै पनि काम र कार्ययोजनाहरु एकल निर्णय र पुर्वाग्रही पुर्ण हुने छैन । पुर्ण कार्यसमितिमा छलफल गरी त्यसको फाइदा बेफाइदा तथा त्यसको असरका विषयमा अध्ययन गरी कार्ययोजना तर्जुमा गर्दै हरेक तिन महिनामा एक निश्चित उपलब्धीपुर्ण कार्य सम्पन्न गर्दै समिक्षा गर्न पाउने ब्यवस्था मिलाउने छु । आर्थिक रुपमा सबल र सबै ब्यवसायी सदस्यलाइ आफनत्व भाव अनुभत गराउँदै क्रियाशिल बनाउने मेरो प्रमुख लक्ष्य हो । यस लक्ष्य र तल उल्लेखित कार्यक्रम सफल रुपमा सम्पन्न गर्न मेरो नेतृत्वको कार्यसमितिबाट शत प्रतिशत सहयोग हुने कुरामा बिश्वस्त छु । हरेक कार्ययोजना तथा गतिविधिलाई केन्द्रिकृत कार्यक्रम भन्दा बिकेन्द्रीकरण सिध्दान्त अनुरुप कार्य गर्ने योजना लिएको छु । बिशेष रुपमा उपाध्यक्ष ज्युहरु संस्थाको महत्वपुर्ण अंग रहने गरि कार्यक्रम बन्ने छन् । वार्षिक बजेट तथा कार्यक्रम तयार गरि उपाध्यक्ष ज्युहरुलाई योजना प्रदान गरिने र उहाँहरुको संयोजकत्वमा कार्यसम्पन्न हुने बातावारण मिलाइने छ । जसबाट हामीमा नेतृत्व क्षमता अभिवृध्दीको साथै व्यक्तित्व बिकास पनि हुने छ ।
संस्थाको नेतृत्वले हरेक चुनौतीलाई अवसरको रुपमा परिणत गरी संस्थागत उद्देश्य हासिल गर्दै राष्ट्रिय विकास तथा समृद्धिको मुल प्रवाहमा महत्वपुर्ण भुमिका निर्वाह गराउन सक्नु पर्छ । त्यसको लागि नै मेरो नेतृत्व हो ।
मेरा प्रतिबद्धदता तथा कार्ययोजनाहरु ः
१) बिधानमा तोकिएको सम्पुर्ण कार्यक्षेत्रलाइ पुर्ण रुपमा समेट्ने ।
२) हालको क्रियाशिल सदस्य संख्यालाई दोब्बर बनाउने ।
३) साधारण सदस्यहरुको नविकरणलाई कार्यान्वयनमा ल्याउँदै अनिवार्य बनाउने ।
४) संघिय संसदबाट संसोधित सामाजिक संस्था ऐन २०७५का आवश्यक मुल अवधारणलाइ लागु गर्न तथा बिधान संसोधनको आपरिहार्यता लाइ ध्यानमा राखी संसोधनको ब्यवस्था मिलाउने
५) ब्यवसायीक कल्याणकारी कोष संचालन तथा ब्यवस्थापनमा उत्पन्न कठिनाइलाई हटाउन कानुनी सल्लाहकार संगको विशेष परामर्शबाट संचालन तथा व्यवस्थापन सम्बन्धी बिनियमावली बनाइने छ । साथै अध्ययन समितिले घटना अध्ययन गर्ने र आर्थिक समितिले मापदण्ड र आवश्यकताको अध्ययन गरि आर्थिक सहयोग प्रदान गर्ने ।
६) कल्याणकारी कोषमा सबै सदस्यहरुको लगानी र हिस्सा हुने ब्यवस्था मिलाउने ।
७) आर्थिक पार्दशिता र नियमीत आन्तरिक लेखापरिक्षणको विशेष व्यवस्था मिलाउने । लेखालाई चुस्त दुरुष्त बनाउन कार्यालय सचिवलाई ब्यवहारीक लेखा प्रणाली सम्बन्धी तालिम दिइनेछ, साथै आर्थिक गतिविधिको लेखा जोखाका लागि एक लेखा समिति गठन हुनेछ ।
८) सम्पुर्ण व्यवसायी सदस्यहरुलाई रचनात्मक, सिर्जनात्मक, मनोरञ्जनात्मक एवं स्तरिय खेलकुद कार्यक्रमद्वारा संघ प्रति सहभागित्मक भावको बिकास गर्ने ।
९) सदस्यहरुको समस्या बुझ्न, उनीहरुको भावना समेट्न, आफनत्व बिकास गर्न एवं व्यवसायलाई सिर्जनात्मक तथा प्रतिष्पर्धात्मक रुपमा बिकास गर्न हरेक तिन महिनामा बजार अनुगमन तथा सदस्य भेटघाट कार्यक्रम राखिने छ ।
१०) चाडवाड विशेष व्यवसायको प्रवर्धन तथा संचालनको निम्ती स्थानीय सरकार संग समन्वय गरी मेला तथा बजार व्यवस्था मिलाउने ।
११) लकडाउनले सबैभन्दा क्षती पुर्याएको होटल ब्यवसायीहरुलाई मौलिक तथा हाइजनिक भोजनको प्रवर्धन तथा ब्यवसाय प्रति प्रेरित एवं आकर्सित गर्न गराउन फुड फेष्टीवल, मेला तथा विशेष कार्यक्रमको ब्यवस्था मिलाउने ।
१२) कर तथा लेखा व्यवस्था सम्बन्धी अनविज्ञता र जानकार नहुँदा ब्यवसायीले बिभिन्न समयमा भोग्नु परेको दण्ड जरिवानाबाट सुरक्षित राख्न ब्यवसाय लेखा प्रणाली सम्बन्धी तालिम प्रदान गर्ने
१३) गरिखान पाउने सुनिश्चितताको लागि ब्यापार संघले विशेष पहल गर्ने ।
१४) घर धनी, स्थानिय र व्यवसायी एक परिपुरक पक्ष भएकोले अन्योन्याश्रित सम्बन्धको आवश्यकताको महशुष गर्दै आपसी आत्मीयता बिकास गर्न बिशेष ध्यान दिइने ।
क) घरभाडा सम्झौता
ख) घर धनी सम्मान कार्यक्रम
ग) सहभागितात्मक कार्यक्रम
घ) बानेश्वर सरसफाइ कार्यक्रम
ङ) निःशुल्क स्वास्थ्य शिविर
च) रक्तदान कार्यक्रम
छ) स्थानिय क्लब, सामाजिक संस्था संग समन्वयात्मक तथा निकटता कायम आदि
१५) महिला उद्यमी सहुलियत कर्जाको लागि बिभिन्न बैंकहरु संग ः MOU गरी प्रतिस्पर्धात्मक बातावारणको बिकास गराई ऋण प्रवाह गर्ने व्यवस्था मिलाउने ।
१६) नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत लिइ व्यवसायीहरुको दिर्घकालिन स्तर बृध्दि एवं आर्थिक बिकासमा सहयोगका लागि स्थानिय सरकार, बिभिन्न निकायबाट आर्थिक अनुदान प्राप्त गर्ने ब्यवस्था मिलाउने ।
१७) आगामी कार्यकालका सम्पुर्ण कार्यक्रमहरुको योजना तथा तालिका बनाइ त्यसको अनुमानित आय ब्यय बिनियोजन बजेट तयार गरी सोही अनुसार कार्यक्रम गर्ने ब्यवस्था मिलाउने ।
१८) प्राकृतिक प्रकोप तथा असमायिक घटनाबाट भएको आर्थिक क्षतिलाई केही मात्र भए पनि न्युनीकरण गर्न कल्याणकारी कोषबाट आर्थिक राहत प्रदान गर्नुको साथै आवश्यकता र क्षतीको मुल्यांकनको आधारमा आर्थिक सहायताको रुपमा सहुलियत ऋणको माध्यमबाट आर्थिक लगानीको सिर्जना गर्ने ब्यवस्था मिलाइदिने ।
१९) नयाँ बानेश्वर व्यापार व्यवसायी संघको बृहत्तर बिकास र उन्नतीमा बिशेष सहयोग प्रदान गर्ने बिशिष्ट ब्यक्तिलाई बिधान अन्तर्गत रही संस्थाको मानार्थ सदस्य प्रदान गरिने छ ।
२०) स्थानिय सरकार, निकाय, क्लबहरुको साथै गृह मन्त्रालय,ं अर्थ मन्त्रालय अन्तर्गतका सम्बन्धित एव अन्य निकायसंगको समन्वयमा उच्च स्तरिय समिति गठन गरी बैज्ञानिक अवधारण तयार गरी फुटपाथ र पार्किङ ब्यवस्थापन मिलाइने छ ।
२१) नियमीत मासिक सदस्य शुल्कबाट प्राप्त आम्दानीलाई नियमीत कार्यालय संचालन खर्च (भाडा, कर्मचारी तलब, अतिथि सत्कार, कार्यालय ब्यवस्थापन) को लागि बिनियोजन गरी नयाँ सदस्यता, नविकरण शुल्क तथा अन्य आम्दानीलाई संघको कार्यक्रम तथा कल्याणकारी कोष बृध्दिको लागि बिनियोजन गर्ने योजना लिइनेछ ।
२२) हाल महिला उद्यमी सहुलियत कर्जाबाट सुरक्षणको रुपमा राखिएको रकमको सम्बन्धीत निक्षपकर्तालाई नगदी रसिद प्रदान गरिनेछ । ऋणको समय सिमा समाप्त हुँदा सम्पुर्ण निक्षप रकम 4% ब्याज सहित फिर्ता गरिनेछ ।
२३) नयाँबानेश्वर व्यापार व्यवसायी संघको बिधानको अक्षरस पालना गर्दै संस्थागत बिकास र उन्नतीका लागि संस्थालाई बिधि, पध्दती र प्रणालीमा डोराउन कार्यसमितिलाई जवाफदेही र उत्तरदायी बनाउने प्रतिबध्दता व्यक्त गर्दछु ।
२४) आवश्यक कानुनी सल्लाह, सुझाव तथा परामर्शको लागि हरेक वर्ष अध्यावधिक गर्ने गरि १ वर्षे करारमा कानुनी सल्लाहकार नियुक्त गर्ने सोंच बनाएको छु ।
२५) नयाँ बानेश्वर व्यापार व्यवसायी संघ नेपाल उद्योग बाणिज्य महासंघ तथा नेपाल राष्ट्रिय व्यवसायी महासंघको सदस्य संस्था भएकोले संघको महत्वपुर्ण अवस्थिती दावी गर्ने छ । राष्ट्रिय तथा सरकार स्तरमा आवश्यक निति, ऐन र नियमावली संसोधन तथा परिवर्तनका लागि संघको बलियो र ओझपुर्ण उपस्थिती रहने समेत प्रतिबध्दता व्यक्त गर्दछु ।

 

मेरो परिचयः
नाम ः नविन लुइटेल
जन्म ः पाल्पा (मदनपोखरा)
हाल ः का.म. पा वडा नं १०, नयाँबानेश्वर
शिक्षा ः स्नातकोत्तर (एम.बि.एस) नेपाल कमर्श क्याम्पस
ब्यवसाय ः न्यु सदिक्षा ट्रेडर्स÷एनआर इण्टरप्राइजेज÷क्लिन नेपाल ट्रेडर्स,
नवसिर्जना टोल, नयाँबानेश्वर (स्टेशनरी तथा कार्यालय सामाग्री आपुर्ती)
सम्पर्क नं. ः ९८५१०४६४५१
इमेल ः [email protected]