कागेश्वरी मनोहरा वडा नं.७ मा कांग्रेसको प्यानल नैं बिजयी

०४ जेठ २०७९ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ मा नेपाली कांग्रेसको कप्यानल नैं विजयी भएको छ ।
वडा अध्यक्षमा कांग्रेसका भिमसेन थापा नेतृत्वको प्यानल विजयी भएको हो ।
वडा अध्यक्षमा निर्वाचित थापाले १ हजार १ सय ८३ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो ।
उहाँका निकट्तम प्रतिद्धन्द्धी नेकपा एमालेका जीवन थापाले ७ सय ७८ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवारहरु भक्त बिक्रम थापा, यशोदा कार्की खड्का, जानुका चापागाई र सुनिता बोगटी निर्वाचित हुनुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकामा मतगणना सम्पन्न भएका वडाहरुमध्ये वडा नं.२, ८, ९ र ७ मा नेपाली कांग्रेसका उम्मेदवारहरु बिजयी हुनुभएको छ भने वडा नं.१ र ३ मा नेकपा एमालेका उम्मेदवारहरु विजयी हुनुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका युवा नेता उपेन्द्र कार्कीले नेतृत्व गरिरहनुभएको छ ।