प्रथम इन्टर स्कूल फुटसल प्रतियोगिताको उपाधी मनकामना स्कुललाई

२८ साउन २०७९ ।
प्रथम इन्टर स्कुल फुटसल प्रतियोगिताको उपाधी मनकामना स्कुलले प्राप्त गरेको छ ।
मनकामना सेकेन्डरी स्कुलले प्रथम इन्टर स्कुल फुटसल भिक्ट्री कप २०७९ को उपाधि जितेको छ ।
फाइनलमा माउण्ट ग्लोरी स्कुललाई ३/० गोल अन्तरले पराजित गर्दै मनकामना सेकेण्डरी स्कुलले उपाधि आफ्नो पक्षमा पारेको हो । उपाधिसँगै मनकामनाले नगद २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
उपविजेता बनेको माउण्ट ग्लोरी स्कुलले नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
लिग कम नकआउट फम्र्याटमा सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट खेलाडी विजेता टिम मनकामनाका सुनिल खत्रि भए भने उत्कृष्ट गोलकिपर माउण्ट ग्लोरी स्कुलका पेम्बा र्नोबु भोटे चुनिए । दुबैले ट्रफी हात पारे । फेयर प्ले टिमको पुरस्कार प्यारागन पब्लिक स्कुलले हात पार्न सफल रह्यो ।
बिजय चोक युवा क्लबको आयोजना तथा अर्किड इन्टरनेशनल कलेजको मुख्य प्रायोजन, नेशनल प्याबसन काठमाडौं र फ्रन्टलाइन हस्पिटलको सहयोगमा अर्किड फुटसल मैदान विजयचोमा दुई दिन सम्म चलेको प्रतियोगितामा काठमाडौं उपत्यकाका १७ वटा स्कुलका कक्षा दशसम्म अध्ययनरत विधार्थीहरुले भाग लिएका थिए ।
विजयचोक युवा क्लबका सचिव सन्तोष नेपालले पहिलो पटक आयोजित प्रतियोगीता भव्य रुपमा सम्पन्न पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा अझै राम्रो प्रतियोगिता आयोजना गर्ने बताउनुभएको थियो ।
प्रतियोगिताको विजेता र उपविजेतालाई काठमाडौं महानगरपालिका वडा न. ९ का अध्यक्ष रामजी भण्डारीले ट्रफी प्रदान गर्नुभएको थियो । साथमा विशेष अतिथि अखिल नेपाल रेफ्री संघका अध्यक्ष बुद्धि बहादुर गुरुङ्ग ,अर्किड इन्टरनेशनल कलेजका विदुर दाहाल, नेशनल प्याब्सन काठमाडौंका वरिष्ठ उपाध्यक्ष श्याम योञ्जन, फन्टलाइन हस्पिटलका मार्केटिङ्ग म्यानेजर महेश न्यौपाने , रेफ्री एसोसियसन एन्फाका प्रशासन म्यानेजर रोशन श्रेष्ठ, क्लबका सचिब सन्तोष नेपाल, टुनामेण्ट संयोजक विजय तामाङ्गले अन्य पुरस्कारहरु प्रदान गर्नुभएको थियो ।