टोखा नगरपालिकाका कामहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्य सम्पादन सम्झौता

२९ वैशाख २०८० ।
टोखा नगरपालिकाले सञ्चालन गर्ने पूर्वाधार विकास र सेवा प्रवाह लगायतका कार्यहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्य सम्पादन करार सम्झौता गरिएको छ ।
टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.संग कार्य सम्पादन करार सम्झौता गर्नुभयो भने प्रमुख प्रशासकीय अधिकृत बि.सी.ले नगरपालिकाका शिक्षा शाखाका उपसचिव बाबुराम गौतम, आर्थिक प्रशासन शाखा प्रमुख ज्ञान बहादुर अधिकारी, प्रशासन शाखा प्रमुख अनिल प्रसाद जोशी, स्वास्थ्य शाखा प्रमुख रनलाल कुलाल, सूचना प्रविधि शाखा प्रमुख बसन्त पाठक लगायत नगरपालिकाका विभिन्न शाखा प्रमुख, उपशाखा प्रमुख लगायत सामुदायिक विद्यालयका प्रधानाध्यापक, वडा सचिव र स्वास्थ्य संस्थाका इन्चार्जहरुसंग कार्य सम्पादन करार सम्झौता गर्नुभएको थियो ।
टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी टोखा नगरपालिकाले सञ्चालन गर्ने पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन लगायत समग्र क्षेत्रको सुधार र सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यका साथ कार्य सम्पादन करार सम्झौता गरिएको बताउदै कार्य सम्पादन करार सम्झौता बमोजिम कार्य गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.ले नगरबासीहरुलाई छिटो, छरितो र प्रभावकारी पले सेवा उपलब्ध गराउने गरी नगरपालिकाले कार्य गरिरहेको बताउदै कार्य सम्पादन करार सम्झाता पछी नगरपालिकाको समग्र सेवा प्रवाह लगायत समग्र क्षेत्रको सुधारमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभएको छ ।