कागेश्वरी मनोहरा नगरपालिकाले बालअधिकारको क्षेत्रमा गरेका कार्यहरु

कागेश्वरी मनोहरा नगरपालिकाले बाल अधिकारको क्षेत्रमा गरेका कार्यहरु
बालगृहको स्थलगत अनुगमन प्रतिवेदन
पृष्ठभूमिः
नेपालमा बालबालिकाको क्षेत्रमा बिभिन्न संघ संस्थाहरुले कार्य गर्दै आइरहेको छन् । संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेपछि बालबालिकाको क्षेत्रमा कार्य गर्ने संघसंस्थाहरु बढ्दै गएको देखिन्छ । नेपाल सरकारले पनि बालबालिकाको अवस्थामा सुधार ल्याउनु पर्छ भन्ने मूल मर्मलाई आत्मसात गरी नेपालको संविधान, २०७२ मा बालबालिकाको अधिकारलाई मौलिक हकको रुपमा उल्लेख गर्नुका साथै बालबालिका सम्बन्धी राष्ट्रिय नीति २०६९, बालबालिका सम्बन्धी ऐन २०७५, बालबालिका सम्बन्धी नियमावली २०७८ मा समेत बालअधिकारलाई सुनिश्चित गरिएको छ, आवासीय बालगृहको सञ्चालन तथा व्यवस्थापन सम्वन्धी मापदण्ड, २०७९ लागू गरी कार्यान्वयनमा रहेको छ ।
साविकको केन्द्रीय बाल कल्याण समितिबाट नियमित रूपमा बालगृहको अनुगमन हुदै आएकोमा राष्ट्रिय बाल अधिकार परिषद् साथै कागेश्वरी मनोहरा नगरपालिकाबाट पनि विगत वर्षहरु देखि आवासीय बालगृहको संख्या, त्यहाँ रहेका बालबालिकाको विवरण, व्यवस्थापनका विषयमा स्थलगत अनुगमन निरिक्षण गरी सोको प्रतिवेदन नगर बाल अधिकार समितिमा पेश गर्दै आएको र जोखिमपूर्ण अवस्थामा रहेका बालगृहबाट बालबालिकाहरुलाई राष्ट्रिय बाल अधिकार परिषद् संगको समन्वयमा उद्दार गरी पारिवारिक पुनर्स्थापना लगायतका कार्य गर्दै आएको छ । यस नगरपालिका भित्र आ.व.०७६/७७ मा २५ वटा वालगृह रहेको नियमित अनुगमन तथा नियमन प्रक्रिया पश्चात यस आ.व. ०७९/८० मा १७ वटा सञ्चालनमा रहेका छन् । जसमा अपाङ्गता भएका बालबालिकाहरुको पुनस्थापनाका लागि २ वटा, हिंसा तथा जोखिममा रहेका बालबालिकाहरुको लागि ३ वटा, अस्थाई संरक्षण केन्द्र १ वटा र अन्य ११ वटा रहेका छन् । यसै क्रममा अघिल्लो आर्थिक वर्षमा अनुगमन गरी आवश्यक सुधारका लागि सुझाव दिईएका र गत आ.व. मा अनुगमन गरिएता पनि पुनः अनुमगन गर्न आवश्यक देखिएका बालगृहहरुमा यस अघि दिईएका सुझावहरुको कार्यान्वयनको अवस्था बारे जानकारी लिनुका साथै बालगृहमा भएका बालबालिकाको समग्र अवस्था, जोखिमपूर्ण तथा मापदण्ड विपरित बालगृहमा राखिएका बालबालिकाको उद्धार, उजुरी तथा गुनासो प्राप्त हुन आएका बालगृहहरूमा स्थलगत अनुगमन गरी आवश्यक नियमन तथा पृष्ठपोषण गर्ने कार्यक्रम गर्दै आएकोमा बालबालिका सम्बन्धी नियमावली २०७८ को नियम ६२,९४० वमोजिम योग्यता नियम ६४,९१० तथा अनुसुची-४ बमोजिम बालगृहले पुरा गर्नुपर्ने न्यूनतम मापदण्ड र बालगृहको सञ्चालन तथा व्यवस्थापन सम्वन्धी मापदण्ड २०७९ को दफा ३ देखि १८ सम्मका थप आवश्यक मापदण्ड पुरा गरेका बालगृहलाई बालगृह सञ्‍चालन अनुमती दिनका लागि सिफारीस प्रदान गर्ने प्रयोजनका लागि यस नगर भित्र रहेका १३ वटा बालगृहमा स्थलगत अनुगमन र पृष्ठपोषण गर्नका लागि नगरबाल अधिकार समिति तथा राष्ट्रिय बाल अधिकार परिषद्को संयुक्त टोलिबाट अनुगमन गरिएको हो।
अनुगमन टोली-
१) श्री शान्ता थापा उप-प्रमूख
२) श्री भिमसेन थापा, वडा अध्यक्ष
३) श्री सुनीता शाह, बाल संरक्षण अधिकृत
४) श्री सबिना कुमारी श्रेष्ठ, महिला बालबालिका तथा समाज कल्याण शाखा
५) श्री मीना के.सी., कार्यक्रम सहायक
६) श्री बाशु फुयाँल, सदस्य नगरबाल अधिकार समिति
७) सम्बन्धीत वडा बाल अधिकार समिति समेत
अनुगमनको उद्धेश्य-
यस अनुगमन कार्यको मुख्य उद्धेश्य कागेश्वरी मनोहरा नगरपालिका भित्र सञ्चालित बालगृहहरूको अनुगमन गरी
● बालबालिका सम्बन्धी नियमावली २०७८ को नियम ६२९४० वमोजिम योग्यता नियम ६४९१० तथा अनुसुची-४ बमोजिम बालगृहले पुरा गर्नुपर्ने न्यूनतम मापदण्ड र बालगृहको सञ्चालन तथा व्यवस्थापन सम्वन्धी मापदण्ड २०७९ को दफा ३ देखि १८ सम्मका थप आवश्यक मापदण्ड पुरा गरेका बालगृहलाई बालगृह सञ्‍चालन अनुमती दिनका लागि सिफारीस प्रदान गर्ने तथा मापदण्ड पुरा नभएका तर बालगृह सञ्‍चालन अनुमतीका लागि सिफरिस माग भएका बालगृहहरुलाई मापदण्ड पुरा गर्न पृष्ठपोषण प्रदान गर्नु ।
● बालगृहमा जोखिमपूर्ण अवस्थामा बालबालिका रहेको पाइएमा उनीहरूको उद्दार वैकल्पिक संरक्षणको व्यवस्था गर्नु ।
अनुगमनको विधि, प्रक्रिया-
● संस्थाका पदाधिकारी तथा कर्मचारीहरुसँग छलफल
● संस्थामा रहेका बालबालिकासँग भेटघाट तथा छलफल
● बालगृहहरुको भौतिक सुविधा, उपलब्ध सेवा र क्षमताको अवलोकन तथा निरीक्षण
● सस्थाको दर्ता प्रमाण(पत्र, समाज कल्याण परिषद् आवद्धता प्रमाण(पत्र, लेखापरीक्षण, संस्थाको विधान, आय व्यय सम्बन्धी विवरण, बालबालिकाको भर्ना तथा विदाइ सम्बन्धी व्यक्तिगत सम्पूर्ण विवरण, संस्थाको बैठकको निर्णय सम्बन्धी कागजात, वार्षिक प्रगति विवरण लगायतका कागजातको अध्ययन तथा विश्लेषण
● कर्मचारीले बालबालिकासंग गर्ने व्यवहार, साप्ताहिक भोजन तालिका, प्राथमिक स्वास्थ्योपचार र बालगृह सञ्चालनको आर्थिक श्रोत लगायतको अध्ययन, अवलोकन तथा निरीक्षण ।
अनुगमन गरिएका बालगृहको विवरण-
यस नगरपालिका भित्र रहेका १२ वटा बालगृहको स्थलगत अनुगमन सम्पन्न भएको छ।अनुगमन गरिएका बालगृहहरू देहाय बमोजिमका रहेका छनः
क्र.स. बालगृहको नाम ठेगाना /बालक बालिका जम्मा
१) हाम्रो सुनौलो संसार कागेश्वरी मनोहरा नगरपालिका वडा नं १, गागलफेदी =१७
२) नेपालका लागि हृदय कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३, भद्रावास = १८
३) सारा चिल्ड्रेन होम कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५, थली = ३२
४) फ्रुली नेपाल बाल विकास संस्था कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६, मुलपानी मर्मत हुदै बालबालिका नरहेको नभएको
५) स्नेहा आश्रम, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६, फुयाँलगाउँ = १५
६) जनजाती कल्याण आश्रम, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६, मुलपानी = २६
७) युवा क्रियाकलाप उत्थान केन्द्र, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६, मुलपानी = १०
८) महिला सशक्तिकरण द्वारा ग्रामीण नेपालको गरीबी निवारण सानो नानी बालगृह, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६,
मुलपानी = २३
९) सिर्जनशिल बालसेवा परिवार
कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९, गोठाटार = १६
१०) ऐक्येवद्धता र विकासको आधार महिला संघ ९महिला आधासिला, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५,
गजरकोट = ५१
११) शक्ति समूह द्वारा सञ्‍चालित अस्थायी संरक्षण केन्द्र कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५,
डुमाखाल = १९
१२) फ्यूचर होप नेपाल कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९, गोठाटार = १९
१३) ज्योतिको घर नेपाल कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८, शिवचोक = ६०
१४) गुडविभ फाउण्डेशन नेपाल कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८, गोठाटार = ३३

जम्मा= = ३३९

अनुगमनको सारांश=

अनुगमन गरिएका १४ वटा बालगृहहरू मध्ये देहाय बमोजिमको अवस्थामा सञ्चालनमा रहेका छनः
⮚ दर्ता सम्बन्धमाः १२ वटा बालगृह जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको देखिन्छ र कम्पनी रजिष्ट्रारमा २ वटा बालगृह दर्ता भएको देखिन्छ ।
⮚ लेखा परिक्षण सम्बन्धमाः दर्ता भएका बालगृहहरू मध्ये १२ वटा बालगृहले चालु आ.व. मा संस्था नवीकरण गरेको पाइएको छ भने २ बालगृहको कागजात नभेटिएको ।
⮚ बालगृह सञ्चालन गर्ने उद्वेश्य सम्बन्धमाः बालगृह सञ्चालनका लागि संस्थाको विद्यानमा बालगृह सञ्चालन गर्ने उद्देश्य स्पष्ट रूपमा उल्लेख हुनुपर्ने प्रावधान अनुरूप १३ वटा बालगृहको मात्रै उद्देश्यमा बालगृह सञ्चालन गर्ने कुरा उल्लेख भएको पाइएको छ भने १ वटा बालगृहको स्पष्ट उद्देश्य देखिदैंन ।
⮚ बालबालिकाको संख्या तथा अभिभावकको अवस्था सम्बन्धमाः अनुगमन गरिएका बालगृहहरूमा १४ जना बालक ११७ जना र २२२ जना बालिका गरी जम्मा ३३९ जना बालबालिका रहेका छन् ।
⮚ भौतिक पूर्वाधार सम्बन्धमाः बालगृहको भौतिक पूर्वाधारलार्इ हेर्दा संस्थाको आफ्नै भवन भएको ५ वटा र भाडाको भवन ९ वटामा बालगृह रहेका देखिन्छन् ।
⮚ कर्मचारीको सम्बन्धमाः बालगृह सञ्चालन तथा बालबालिकाको रेखदेखका लागि मापदण्ड ६८ ले व्यवस्था गरे बमोजम ८ वटै बालगृहमा कर्मचारीको प्रयाप्तता नरहेको देखिन्छ ।
⮚ आर्थिक स्रोतका सम्बन्धमाः ७ वटा गृहको स्थायी स्रोत रहेको भेटियो भने ७ वटा को स्थायी आर्थिक स्रोत नभएको पाईयो ।
निश्कर्ष=
बालबालिका सम्बन्धी नियमावली २०७८ को नियम ६२९४० वमोजिम योग्यता नियम ६४९१० तथा अनुसुची-४ बमोजिम बालगृहले पुरा गर्नुपर्ने न्यूनतम मापदण्ड र बालगृहको सञ्चालन तथा व्यवस्थापन सम्वन्धी मापदण्ड, २०७९ को दफा ३ देखि १८ सम्मका थप आवश्यक मापदण्ड पुरा गरेका बालगृहलाई बालगृह सञ्‍चालन अनुमती दिनका लागि सिफारीस प्रदान गर्ने तथा मापदण्ड पुरा नभएका तर बालगृह सञ्‍चालन अनुमतीका लागि सिफरिस माग भएका बालगृहहरुलाई मापदण्ड पुरा गर्न पृष्ठपोषण प्रदान गर्ने उद्देश्यले गरिएको अनुगमन बाट देहाय वमोजिमका संस्थाहरुलाई बालगृह सञ्चालनको अनुमतीका लागि सिफरिस गर्न सकिने र बाकि तपसिल वमोजिम सुधारकोलागि समय दिन सकिने देखिन्छ।
सिफारिस गर्न सकिने संस्थाहरुः
१) सारा चिल्ड्रेन होम, कागेश्वरी मनोहरा नगरपालिका वडा नं।५ थली
२) ऐक्यबद्दता र विकासको आधार महिला संघ महिला आधारसीला, कागेश्वरी मनोहरा नगरपालिका वडा नं।५ थली
३) महिला सशक्तिकरण द्वारा ग्रामीण नेपालको गरीबी निवारण सानो नानी, कागेश्वरी मनोहरा नगरपालिका वडा नं।६ तिवारीटोल
४) फ्यूचर होप नेपाल, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ गोठाटार
५) ज्योतिको घर नेपाल, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ शिवचोक
६) गुडविभ फाउण्डेशन नेपाल, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ गोठाटार
सुझाव कार्यान्वयनको अवस्था अवलोकन गरी सिफारिस गर्न सकिने संस्थाहरुः
१) नेपालका लागि हृदय, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.३ भद्रावास
२) युवा क्रियाकलाप उत्थान केन्द्र, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.६ तिवारीटोल
३) सृजनसिल बालसेवा परिवार , कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ गोठाटार
४) फ्रुली नेपाल बाल विकास संस्था, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.६ मुलपानी
५) शक्ति समूह द्वारा सञ्‍चालित अस्थायी संरक्षण केन्द्र, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.५ डुमाखाल
अनुगमन गर्न बाँकि गृह
१) अपाङ्ग तथा असहाय बालबालिका नवजिवन केन्द्र, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.४ डाँछी
२) अपाङ्ग नवजिवन केन्द्र, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.५ थली
३) मुना फाउण्डेशन, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.५ थली

धेरै पटकको अनुगमन पश्चात पनि सुधार नभएको गृह
१) स्नेह आश्रम, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.६ मुलपानी

परिवारमा पुनर्एकिकरण गरिएका बाल गृह-
१) हाम्रो सुनौलो संसार, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ गागलफेदी
छात्रावासको रुपमा सञ्चालित तथा छात्रावास सञ्चालनको अनुमती नलिएको
१) जनजाति कल्याण आश्रम, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.६ मुलपानी
हाम्रो सुनौलो संसार
अनुगमन टोलीसँग संस्थाको तर्फबाट छलफलमा सहभागी व्यक्तिः – अध्यक्ष मेनुका कोईराला
बालगृहको कानूनी हैसियत र लेखापरीक्षणको अवस्था-
⮚ यो संस्था जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा संघ संस्था दर्ता ऐन २०३४ को दफा ९४० बमोजिम मिति २०७२ साल पौष २० गते दर्ता ९द.नं. ४४४० मा दर्ता भएको र समाज कल्याण ऐन २०४९ को दफा १३ बमोजिम २०७२ साल पौष २२ गते समाज कल्याण परिषद् आवद्दता नं.४२६३२० मा आवद्द भएको देखिन्छ।
⮚ संस्थाले लेखापरीक्षण सम्बन्धी कुनै पनि कागजात पेश नगरेको ।
⮚ संस्थाको प्रमाणित विधानको परिच्छेद २ को दफा ४ को उद्देश्यमा ूबाबु आमा दुवै नभएका र कसैले पनि हेरचाह नगरेका, बाबुआमाबाट त्यागिएका वा विछोडिएका वा घरबाट भागेका र बाबुआमा पत्ता नलागेका, बाबु आमा र संरक्षकबाट उचित पालन पोषण नगरी हेला र दुर्व्यवहार गरिएका, बाबु वा आमा भए पनि बालबालिकाको हेरचाह गर्न शारिरीक वा मानसिक अशक्तताको कारणले सक्षम नभएका र घर वा वसोबासको स्थायी ठेगाना नभएका समेतका बालबालिकाहरुलाई यस संस्थाले सम्बन्धित निकायको स्वीकृत लिई आवश्यक व्यवस्थापन गर्नेछू रहेको छ।
⮚ संस्थामा ७ सदस्यीय कार्य समिति रहेको देखिन्छ ।
⮚ संस्थाले आवासीय बालगृहको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ू को मापदण्ड ६४ ९ग० को कार्य प्रयोजनको लागि तत्कालिन केन्द्रीय बालकल्याण समितिबाट बालगृह सञ्चालन अनुमति लिएको देखिदैन।
बालगृहको भौतिक पूर्वाधारको अवस्था र सेवा सुविधा-
⮚ संस्थाले पेश गरेको विवरण अनुसार काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं १, गागलफेदी स्थित संस्थाकै सदस्य सुरेश काजी श्रेष्ठको स्वामित्वमा रहेको ३ तले पक्की घर कुनै पनि बहाल नलिने गरी दुइ पक्षीय सम्झौता गरी भाडामा लिएको देखिन्छ।
⮚ संस्थामा रहेका १७ जना बालबालिकाका लागि अलग अलग फ्ल्याटको व्यवस्था गरेको देखिन्छ १२ जना बालकका लागि २ वटा शयन कक्षमा ७ वटा बेडसंख्या रहेको छ भने ५ जना बालिकाका १ वटा शयन कक्षमा ६ वटा बेडहरू प्रयोग गरेको देखिन्छ ।
⮚ मापदण्ड १० बमोजिम प्रत्येक १० जना बालबालिकाका लागि कम्तीमा २ वटा शौचालय र १ स्नानघरको दरमा व्यवस्था मिलाउने व्यवस्था भए अनुरूप यस संस्थमा रहेका १७ जना बालबालिकाको लागि २ वटा शौचालयरस्नानघरको व्यवस्था गरिएको छ ।
⮚ मापदण्ड १२ बमोजिम भान्सा र भण्डार कक्ष, भोजन कक्ष, शयन कक्ष, अध्ययन कक्ष, पुस्तकालय कक्ष, मनोरञ्जन कक्ष, भेटघाट कक्ष, मनोविमर्श कक्ष र सामाजिक कार्यकर्ताको कार्यकक्ष, प्राथमिक उपचार कक्ष र कार्यालय कक्ष हुनुपर्नेमा यस संस्थामा रहेका भवनमा १ भान्सा कोठार भोजन कक्ष, १ मनोरञ्जन कक्ष रूपमा प्रयोग गरेको देखिन्छ।
बालबालिकाको संख्या भर्ना प्रक्रिया, सिफारिस, शिक्षा, स्वास्थ्य तथा संरक्षणको अवस्था
⮚ बालबालिकाको व्यक्तिगत विवरण सम्बन्धमा बालबालिका सम्बन्धी नियमावली, २०५१ को अनुसुची १ ९नियम २४ सँग सम्बन्धित० अनुसार सबै बालबालिकाको शैक्षिक र व्यक्तिगत फाइल भरेर राखिएको देखिन्छ। संस्थाले पेश गरेको विवरण अनुसार देहाय बमोजिमका बालबालिकाहरू संस्थामा रहेका छनः
⮚ स्थायी ठेगाना सम्बन्धमाः सोलखुम्बुका २ जना, सिन्धुपाल्चोकका ३ जना, गोरखाका २ जना, कालिकोटका २ जना, सुनसरीका १ जना, रामेछापका १ जना, नुवाकोटका १ जना, अछामका १ जना, ललितपुरका १ जना, डोटीका १ जना र ४ जना बालबालिकाको ठेगाना खुलेको देखिदैंन ।
⮚ सिफारिस सम्बन्धमाः १३ जना बालबालिका सम्बन्धित निकायबाट सिफारिस भएर आएका देखिन्छन् भने ४ जना सिफारिस नभएका बालबालिका रहेका छन् ।
⮚ उमेर सम्बन्धमाः सबै बालबालिकाहरू १८ वर्षभन्दा कम उमेरका छन्।
⮚ विद्यालय सम्बन्धमाः बालबालिका श्री मणिलिङ्गेश्वर आवासीय विद्यालयमा अध्यनरत रहेका छन्।
कर्मचारी, मानव संशाधन तथा नीति सम्बन्धी
⮚ मापदण्ड ५५ बमोजिम बालगृहमा हुनसक्ने दुर्व्यवहार, शोषण, हिंसा, तिरस्कार र भेदभावपूर्ण व्यवहारबाट संरक्षण गर्ने उपाय समाबेस गरी बालसंरक्षण कार्ययोजना बनाइ लागु गरेको देखिदैन।
⮚ मापदण्ड ६८ बमोजिम बालबालिकाले मापदण्डमा उल्लेख भएअनुसारको संरक्षण, हेरचाह, सेवा र सुबिधा पाउने गरी हेरचाहकर्ता र प्रशासनिक कर्मचारी सहित बालगृहमा कम्तीमा ५ जना पूर्णकालिन कर्मचारी हुनुपर्नेमा संस्थाले पेश गरेको विवरण अनुसार २ जना महिला कर्मचारी मात्र रहेको देखिन्छ ।
आर्थिक स्रोतः
⮚ मापदण्ड ७२ बमोजिम बालगृह सञ्चालनका लागि भरपर्दो र सुनिश्चित स्रोत हुनुपर्नेमा यस संस्थाले पेश गरेको विवरण अनुसार बार्षिक रु. ५ देखि १० लाख प्राप्त हुने गरेको जानकारी प्राप्त भएको छ ।समाज कल्याण परिषद् मा सो रकमको स्वीकृती लिएको देखिदैंन ।
निश्कर्षः
बालबालिका सम्बन्धी ऐन २०७५, नियमावली २०७८ तथा आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९ अनुरुप नयूनतम मापदण्ड पनि पुरा नगरेको देखिन्छ ।
संस्थाले सुधार गर्नुपर्ने पक्षहरुः
● बालसंरक्षण नीति, आचारसंहिता नबनाईएकोले सो बनाई कार्यान्वयन गर्नुपर्ने ।
● बालगृह सञ्चालन निर्देशिका र बालस्याहार योजना बनाई लागु गर्नुपर्ने ।
● गुनासो संयन्त्र सुझाव पेटिका बालबालिका पुग्ने स्थानमा राख्नुपर्ने ।
● वैदेशिक श्रोतको स्वकृती समाज कल्याण परिषद् बाट लिनुपर्ने ।
● संस्थाको आर्थिक श्रोत ३ बर्षका लागि दिगो तथा भरपर्दो भएको कागजात र सम्झौता पत्र पेश गर्नुपर्ने ।
● बालबालिकाका लागी एकल बेडको व्यवस्था गर्नुपर्ने ।
● संस्थाको कार्यालय कक्ष व्यवस्थित गर्नुपर्ने ।
● संस्थाको प्रमाणित विधानको उद्धेश्यमा बालगृह सञ्चालन गरिने व्यहोरा स्पष्ट रुपमा उल्लेख नभएकोले सोको संसोधन गर्नुपर्ने ।
● संस्थामा संरक्षित ६ जना बालबालबालिकाको कुनै पनि सिफारिस नभएको देखिन्छ यदि ति बालबालिका संरक्षणको आवश्यकता भएमा सम्बन्धित निकायबाट सिफारिसको कागजात बनाई व्यवस्थित तरिकाले राख्नुपर्ने ।
● संस्थामा संरक्षित बालबालिकाको पारिवारीक लेखाजोखा गरी अभिभावक तथा परिवार भएका बालबालिकालाई आवश्यक सहयोग सहित स्थानीय तहको रोहबरमा पारीवारिक पूर्नस्थापना गरी परिषद् र नगरपालिकामा जानकारी गराउने ।
● बालबालिकाको संख्याको अनुपातमा कर्मचारी संख्या थप गर्नुपर्ने ।
९) सुझाव तथा निर्देशन
● यस बालगृहलार्इ बुदाँ नं छ ९२० मा देखिएका समस्या समाधान गर्न ९० दिनको समय दिने।