वरिष्ठ समाजसेवी खनालद्धारा कोलमतेश्वर मन्दिरमा टिशर्ट तथा दियो सहयोग

२० वैशाख २०८० ।
वरिष्ठ समाजसेवी श्रीमणिराज खनालले काठमाडौंको डाँछीमा रहेको कोलमतेश्वर मन्दिरमा टिशर्ट तथा दियो सहयोग गर्नुभएको छ ।
समाजसेवी खनालले १ सय वटा टिशर्ट सहयोग गर्नुभएको छ ।
त्यसैगरी समाजसेवी खनालले १ सय ८ वटा दियो र दियो राख्ने स्ट्याण्डसहित पनि सहयोग गर्न लागेको जानकारी दिनुभयो ।
श्री लक्ष्मी हयग्रीभ भगवानको रथ यात्रा महोत्सवको अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाको डाँछीमा रहेको कोलमतेश्वर धामलाई सो सहयोग गरिएको समाजसेवी खनालले बताउनुभयो ।
विभिन्न सामाजिक संघसंस्थामा आवद्ध खनाल विगत लामो समयदेखी समाजसेवा र सामाजिक विकासको क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा उच्च पदमा कार्यरत वरिष्ठ समाजसेवी खनाल समाजसेवा र प्राध्यापन पेशामा संलग्न हुनुको साथै नेपालका सार्वजनिक संस्थानहरुको नेतृत्वको व्यवहार बारे भारतको प्रतिष्ठित सिंहानीय विश्वविद्यालयमा अनुसन्धान (विद्यावारिधी) गर्दै हुनुहुन्छ ।