लायन्स क्लव इन्टरनेशनल ३२५ जी को गभर्नरमा दिपक कृष्ण प्रजापति

२० वैशाख २०८० ।
लायन्स क्लव इन्टरनेशनल ३२५ जी को डिस्ट्रिक गभर्नरमा दिपक कृष्ण प्रजापति सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।
काठमाडौंमा सम्पन्न लायन्स क्लव इन्टरनेशनल ३२५ जी को प्रथम जिल्ला महाधिवेशनले सर्वसम्मत रुपमा डिस्ट्रिक गभर्नर पदमा दिपक कृष्ण प्रजापतिलाई निर्वाचित गरेको हो ।
त्यसैगरी प्रथम जिल्ला महाधिवेशनले सर्वसम्मत रुपमा 1st VP मा डा=कमल बहादुर कायस्थ र 2nd VP मा विधान जोशीलाई निर्वाचित गरेको छ ।
कार्यक्रम लायन्स क्लव इन्टरनेशनलको प्रथम जिल्ला महाधिवेशन अन्तर्राष्ट्रिय निर्देशक संजय खेतानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
लायन्स क्लव इन्टरनेशनल ३२५ जी का डिस्ट्रिक गभर्नर उत्तम प्रसाद झाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा लायन्स क्लव इन्टरनेशनलका मल्टिपल काउन्सिल चियरपर्शन केशव पाण्डे लगायत लायन्स क्लव इन्टरनेशनल ३२५ जी का पूर्व गभर्नरहरु लगायत पदाधिकारीहरु, जोन चियरपर्शन राजु काफ्ले, लायन लिडर अम्बिका भट्टराई लगायत ३२५ जी मा आवद्ध लायन्स क्लवका अध्यक्षहरु, तथा पदाधिकारीहरु र लायनकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ जी का डिस्ट्रिक गभर्नर उत्तम प्रसाद झाले लायन्स क्लवको उद्देश्य लगायत समग्र लायन अभियानका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
सो अवसरमा गभर्नर झाले लायन अभियानमा सक्रिय भएर लाग्न लायनकर्मीहरुलाई आग्रह पनि गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न साँस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा बिहान प्रभावफेरी पनि गरिएको थियो ।
लायन्सको अभियानमा सहयोग गर्ने विभिन्न क्लवहरु तथा व्यक्रिहरुलाई कार्यक्रममा सम्मान पनि
गरिएको थियो ।