राजनेतृत्वको (स्टेटम्यानसिपको) खोजको अन्त्य गरौः हाम्रो नेपालमा (Quest of A Statesmanship)

कृष्ण चन्द्र न्यौपाने
२२ ज्येष्ठ २०८० ।
सबैलाई समेट्ने, सबैलाई समान इज्जत गर्ने, सबैको सुख सुविधामा सहयोगी हुने कार्यलाई सुकार्य भनिन्छ । यस्ता सुकार्य गर्न आफू
लाई त्याग्नु मिटाउनु पनि पर्दैन केवल आफ्नो आत्मालाई नढाँटेर, धोका नदिएर आफ्नो लागि राम्रो गर्ने प्रयासले नै अरुलाई राम्रो हुने हो आफू भलो त जगत भलो (Help yourselves to help others) ।
मानविय गुण र योग्यता प्राकृतिक हो । यस्ता कुरा सबैमा अन्तरनिहित हुन्छन् केवल त्यसको पहिचान र प्रयोग गर्न सक्ने क्षमतामा विविधता छ । जसरी भू–गर्भमा रहेको अथाह यौगिक, रासायनिक, जैविक विविधता जस्ता कुराहरु बिना अध्ययन, लगाव थाहा हुँदैन त्यसरी नै मानिसले आपूm को हो ? कसरी मानव भइएको छ । त्यसको अन्त्य कसरी नियमित छ भन्ने विषयलाई बुभने प्रयास संसारमा धेरै थोरै व्यक्तिले मात्र गरेको यर्थाथता छ । जसले आपूmलाई बुझे ति महापुरुष कहलिए । अर्थात जीवन र जगत बारे बहस र व्याख्या गर्न सकेकोले नै आफूलाई आनन्दमय बनाउन सके । जीवनको अर्थ र परमार्थलाई परिलक्षित गर्न सके । यस्ता कुराको अनुशरण अरुले गरे । मानविय प्रवृत्ति नै “म र मलाई” सधै स्थापित र सन्तुष्ट राख्न कोसिस हरेक व्यक्तिले गरेका हुन्छन् । जसरी राजकुमार सिद्धार्थले जीवनलाई (आफूलाई) चिन्न कोसिस गर्दाको प्रयासले महामानव गौतम बुद्ध बने । उनका सुकार्यले उनी आफू मात्र सुखी भएनन् झण्डै तीनहजार वर्षको समयान्तराल हुँदा पनि उनका आचरण, नियम, यमहरु उत्तिकै मयार्दित, उचित छन् । यसबाट वर्तमानमा पनि व्यक्तिले सुख, आनन्द अनुभूति गरेका छन् । केवल सुखको स्वरुप, सुखको साधन र मात्राले मात्र भौतिक परिर्वतन संगै फरक परेका छन् । त्यसैले अरुलाई हानी नपु¥याई निहित स्वार्थमा लाग्नु मेरो विचारमा गलत होइन ।
स्वार्थीहुनु राम्रो हुँदाको अवस्थालाई राम्ररी नबुझेर अरुको सोझोपन, समाज, वर्ग, पार्टि, नीती, कुनीती जस्ता प्राकृत र निर्मित साधन माथिको पहुंच र प्रयोगको तालमेल नमिल्दा आफूबाट अरु र आफ्नोबाट अरुको भन्ने अवस्था श्रृजना भएको हो । यसले आफ्नो पहिचान र परिचालन गर्ने गलत प्रवृत्तिको उत्पत्तिमा योगदान दिएको छ । जब स्वार्थ बढेर मनोमानी बन्छ तब मानिस आफ्नो लागि अरुलाई सताउने, शोषण गर्ने र अतिक्रमण गर्ने जस्ता निकृष्ट कार्य गर्न तर्फ उद्धत हुन्छ् । नेपालको वर्तमान सन्र्दभ निहित स्वार्थले मात्र नपुगेर मनोमानी अवस्थावाट गुजे्रको छ ।
देशले अहिले एकजना नेतृत्वदिन सक्ने योग्य, सर्वमान्य व्यक्तित्वको अभावलाई टड्कारो महसुस गरेको छ । त्यस्तो राजलक्षणले युक्त व्यक्तित्वको उत्पत्ति हुने अवस्थाको अन्तराल जति लम्बिएको छ त्यतिनै अराजकता थपिएको छ । अनुशासन हिनताको बाहुल्यता बढेको छ ।

सामाजिक मूल्यमान्यता र नैतिकता यतिवेला अनैतिकता भित्र कता हो कता उठ्न नसक्ने गरि थिचिएको छ, पिल्सीएको छ र निसासिएको अवस्था मा पुगेको छ । जतिवेला पनि स्थापित नैतिक मूल्यमान्यता स्खलित भई अन्त्य हुन सक्छन् ।
सामाजिक असमानता भेदभावलाई राजनीतिक मुद्दा बनाई त्यहि नामबाट चलेको द्वन्द्वले निकासा पाउन सकेको छैन फलतः कुसंस्कार, कुकृति, कुंत्सित विचार, कुकर्म बढ्दै गएर नेपाली सान र नेपालीको हैसियत व्यक्तिवादी चरित्र र मनोमानीको पराकाष्ट नाघेर अराजक व्यवस्था तर्पm उन्मुख हुदै गएको अवस्था छ । यो हुनुको पछाडि फेरी पनि वरमेको गुणी पूत्रो को अभाव भएको अवस्था हो । अर्थात “The Quest of Statesmanship” राष्ट्रियस्तरको नेतृत्व दिनसक्ने व्यक्तित्वको खोजी भएको छ । मान्छेले मान्छे विरुद्ध हतियार नउठाउने अन्तरराष्ट्रिय समझदारीले विश्वव्यापकता बढाउदै लगेको अवस्था र शान्तिका महामानव बुद्धको देशमा राजनीतिक कारण देखाई हिन्सात्मक द्वन्दमा होमिएर आफू को हुं ? के गर्दैछु ? मैले गरेको ठिक कि बेठीक भन्ने बुझन नसक्ने र बुझेको कुरा स्वतन्त्ररुपमा व्यक्त गर्न नसक्ने त्रासदीमा जीउ ज्यान जोगाउने जमात एकातर्फ अनि रोजिरोटीको सोझो चिताउने कसम खाएकाहरु अर्कोतर्फ गोला बारुद र बन्दुक पड्काउन लाग्दा अनगिन्तिले ज्यान गुमाए, कति शहिद मानिए कति बेखवरमा परे । नाईकेहरु सुटुक्क् मतियार बने अनि परिर्वतनको नामदिएर आफू सज्जिएको नाटक गर्दै उनै शहिद र बेपत्ताको रक्तिम आहाल र कोलाहलमा मोर्चा कसेर राज गर्न उद्धत भईरहेको अवस्थामा आफूले नेतृत्व गरेको जसलिन र नेतृत्वका लागि मरिहत्ते गरेर स्वार्थका लागि अपजस दिदैंमा किशोरा वस्दा पारगरेका छन् । तर शान्ति अमनचैन र भेदभाव रहितको व्यक्ति, परिवार अनि राजनितिक नामको कात्रो ओडेको समाज भएपनि हुर्किएन ।
जनमत र जनचाहनाका नाममा आफू रवाफिलो हुन पल्केकाहरुको लर्को देशको भूगोल, श्रोत साधन र क्षमता भन्दा लामो, गहै र र्निलज्ज अवस्थामा यत्र, तत्र सर्वत्र छ तर ती सबैलाई सम्हालेर नीति, विधि र पद्धतीमा लगाउन सक्षम राज नेतृत्वको अभाव रहेको छ ।
नेपालको विगतलाई फर्केर हेर्दा यो धराधाम शताब्दीयौं देखि राष्ट्रियस्तरको नेतृत्वदायी (स्टेटमेन) व्यक्तित्वको लागि उर्बर भूमि रहेको इतिहास साक्षी छ । राम्रो अतिराम्रो । उर्वर अति उर्वर । चाहे वीर सौर्यहरुले राज्य संचालन गर्ने गरेका हुन वा राज्यबाट संचालित हुन तीनिहरुको अभाव थिएन । वर्तमानमा भनिने गरेको आदत बसेका -Fashion) हुन् त्यस्ता नेतृत्वदायी पक्षहरुको संयोजनबाट संभावनाहरु -Synergy)मुखरित हुने गर्दथे । त्यतिवेलाका शहिद जसले देश र जनताको स्वतन्त्रता (आजादि)का लागि जीवन उत्सर्ग गरे । तर ! अहिले शहिद हुन चाहने वा बनाईनेहरु आप्mनै वंश, वर्ग अझ निमूखा माथि बज्रपात गर्ने कुचेष्टाबाट घोषित गराइन्छन् ताकि कथित शहिदको मोल रु. १०,००,०००।– (दश लाख) तोकियोस् । हो अहिले यहि खेलमा लागेर धनाढय हुन थालेका कतिले डाक्टरहरुलाई समेत धमक्याएर उपचारको सट्टा रु. १०,००,००० को खेलका लागि मृत घोषित गरिदिन दवाव दिने गर्न थालेकाछन् । मेरो बुझाईमा जब मोल तोकिन्छ र बजारिया गराईन्छ तब त्यो सहिद भन्नेवस्तुको बारे जान्ने, तौलने, उचाल्ने, पछार्ने गर्नमा कसैले कसैलाई रोक्न सकिन्दैन । जो कोहि दशलाख दिनेले वा दिन सक्नेले सहिदका नाममा हैकम चलाउन पाउँनेछन् । मनोमानी ढंगवाट बस्तु सरह ओल्टाई, पल्टाई उल्ट्याई गर्न कुनै रोकतोक रहंदैन ।
नियम तोडेर अरुको भलाद्मीपन माथि अतिक्रमण गर्न सक्ने निष्कृष्टता राख्नेहरु आजकाल ठूलो तागतदार ठहरिन्छन् -Don) । भगवान बुद्धले धर्मम् शरणम् गच्छामी, संघम् शरणम् गच्छामी भन्दाको अवस्थामा जति धेरै एकत्रित हुन सकिन्छ त्यतिनै मानवोपयोगी कार्य हुन सक्छन्, माया प्रेम र सद्भाव बढ्छ र अन्याय अत्याचार स्वतः हटेर शान्त, सौभ्य अवस्थामा

मानव पुग्छ र मानव चोलाको पूर्वाद्ध वा उत्तरार्धमा एकै किसिमले आनन्दित रहन सकिन्छ भन्नु भएको विषयलाई उपहास गरे झैं अहिले आएर अन्याय वा अत्याचार र वेविचारी व्यक्तिको मनोमानिता स्थापित हुने गरि पैसाले किनेर संगठित वा एकत्रित (gang star) गर्नेे प्रवृत्तिले आम जनमासको जीविकाका हरेक पक्षमा नकारात्मक प्रभाव पारेको छ ।
मानव सभ्यताको परिभाषामा राष्ट्रको हित र मानवताका लागि सुनौलो भविष्यका परिदृष्यलाई परिलक्षित गरि राजनितिक रुपमा संगठित हुने मानविय प्रवृत्ति “कर्मडे वा धिकारास्ते माम्फले सु कदाचन” लाई उच्चस्थान दिएको थियो । त्यसलाई सास्वतवाणी मानिएकै हो । यसको उदाहरणमा वि.सं. १९०० देखि वि.सं. २००० हुँदाका अवस्थामा नेपाली समाजमा झुल्किएका राष्ट्रियस्तरको नेतृत्व दिनसक्ने राजनेताहरु जसले सामुहिक हितका लागि आफ्नो निहित स्वार्थ त्यागेका थिए, जिऊ ज्यानको वाजी लगाएका थिए । यसै प्रसंगमा ईतिहास भन्छ चाहेर होस् वा परिस्थितीवस राजा त्रिभुवनले राजपाठ नै छोडेर जनतालाई पछ्याएरै जहानिया राणा शासन हटेको थियो । आफूले संस्थापन गरेको संगठनमा आफू नअटाउँदा पनि देश र जनतालाई आहत नपुर्याई बरु त्याग र बलिदानको सन्देश छोड्न सफल डा. डिल्लीरमण रेग्मी जसले आफ्नो सम्पति राष्ट्रका नाममा अर्पित गरेर गए । आधुनिक जमानामा भौतिक सुविधा सहितको शासन बागडोर हातमा आउँदा पनि योग्य, क्षमतावान, शारिरिक रुपले समेत दह्रो देखिनेले देशमा नेतृत्व लिनु राम्रो हुन्छ भनेर प्रथम जनआन्दोलन हाक्ने लौह पुरुष गणेशमान सिंह जसले प्रधानमन्त्रीको पद चाहेनन् ।
परिस्थितिले राजा हुन पुगेका ज्ञानेन्द्र शाहले पनि जनसागर वा उत्श्रिृखल भिड के हो ? र आफूले चालेको कदम जनचाहनाको थियो कि आफ्ना मतियारको लहड थियो त्यो नछुट्दिै ? जान्नेले नखुटयाउँदै जनताको नासो जनतालाई फर्काए भनेर पन्छिदिए । अन्तरराष्ट्रिय वातावरण समेत अनुकुल भएर राष्ट्र, राष्ट्रियता र नागरिकको मानसन्मानका साथ देशको आर्थिक सम्बृद्धि संगै सामाजिक परिर्वतनका नतिजा बढ्नुपर्ने अवसर नै गुमेर नागरिकलाई नखाऊ भने दिनभरिको सिकार खाँउ भने कान्छो बाबुको अनुहार जस्तो बनाएर कहिले संविधान सभा त कहिले आम निर्वाचन भन्दै बर्षौसम्म हुटिट्याँऊ बनाएर आखिरमा बगरमा वास गराए झै हुन गयो अर्थात रामराज्यको महिमा सुनेर जीवन पद्धति बनाएका जनतालाई राम आउने आश्वासन बाड्ेर नेतृत्वमा पुग्ने तर रावण प्रवृत्तिमा शासन गर्ने सोचमा फसेका नेर्तृत्व पंत्तिले अभिमन्यूको दसा भोग्न नपर्ला भन्नु छैन ।
त्यस्ता सपुत पाएको यो देशले यस्तो नियति भोग्दैछ अहिले कि कोही केहि गर्न सक्तैन यहाँ किन ? केवल पार्टी अनि पार्टीमा आत्मरति र आफ्ना मान्छेलाई भर्ति गर्नमा व्यस्त छन् राजनितिक दल र दलका मसिहाहरु । संविधान कार्यान्वयन र्गछु भनेर जनताको मत पाउनेले संविधान अनुसार चल्ने कुरा त परै जाओस् आत्मानुशासन र शक्तिको परिधान समेत देखाउन सकेनन् । सहमतिको राजनिति गर्नुपर्छ भन्नेहरु संधै असहमतिकै निर्णय गर्दै बैठक टुंग्याउँछन् । स्थायी सरकार, अस्थायी सरकार, हरुवाको सरकार अनि के के हो सवै भईसके यस देशमा अनि अर्काको शेखि झार्ने बहानावाजीमा देशको भलो र जनहितलाई भकुण्डो खेलाईएको छ यहाँ । कठपुतली सरकारलाई पूर्ण गरेर २ घण्टामा विस्थापित पारिन्छ भन्नेहरु आफू नै पूर्ण भएर विलाउने रोगले ग्रसित छन् । विश्वास र अविश्वास मत दिने र लिने शब्दजाल मात्र लाग्न थालेको छ आम नागरिकलाई । शासन सत्तामा चाहे विश्वास भएका आउन वा विश्वास गुमेकाले चलाउन नागरिकले साथ दिएनन भने के गर्ने भन्ने नैतिक जिम्मेवारी वोध नभएका व्यक्तिहरु नै सरकार रुपी रथमा आरोहण गर्न तँछाड मछाड गरिरहेका देखिन्छ ।

यो परिस्थितीको अन्त्य त्यतिवेला हुन्छ जब भोट लिने नागरिकलाई के जवाफ लिउँला । भावी दिनमा म सामाजिक भएर कसरी बाँचुला अनि नयां पुस्ताबाट आफ्नो बुढेसकालमा के सहयोग र सुविधा पाउँला भन्ने सोचका साथ कामगर्ने व्यक्तित्वको पर्खाइ अव कहिले सम्म ? नागरिक जसलाई सार्वभौम सत्ता भएको श्रीपेच लगाईएको छ उनीहरुलाई आफ्नो पंक्तिमा आफू उभिन सक्ने बन्न सबैलाई ज्ञान प्राप्त होस् । यो अत्यावश्यक छ ।
राजनिति विचार मात्र हो कि व्यवस्था हो ? यो विषय राजनितिलाई पेशा बनाएकाले बुझनु पर्ने हो । यदि व्यवस्था हो भने म मात्र होईन अरु अरु धेरै मिलेर बन्छ भन्ने बुझनु पर्छ र यदि विचारमात्र भन्ने हो भने विचारलाई कति साथ र सर्मथन छ बुझनु पर्छ । अहिले सरकार, राजनितिकदल तथा जनता तीन कित्तामा छन् र आफूमात्र ठिक छु भन्छन् यसमा मध्यस्थताको जरुरी छ । जुन काम राजनेता खोजीको प्रयासमा अल्झेको छ । यो काम कसले गर्ने ? वा कसले गरे मान्यहुने भन्ने व्यवधानको निपटारा गर्न पनि राजनेताको आवश्यकता छ त्यो कहां छ ?
राजनिति व्यवस्थामा एकल वा एक पक्षले मात्र कामगर्दा अराजक अवस्था राम्रैसंग गाजिन सक्ने वातावरण वन्न सक्नेछ । जो अगुवा उहि बाटो हगुवा भने झैं ठूलो दल, ठूलो हुल देखाउन सक्ने, ठूल्याईबाट अरुलाई कज्याउने र मैं हु भन्नेहरुले यतिवेला समाजका श्रष्टा र सर्जक चाहे भाषाविद हुन वा विभिन्न सिद्धान्तका प्रतिपादकहरु हुन सवैलाई चुनौती दिंदैछन् । अर्थात ठूलो को अर्थ के हो ? राज्य व्यवस्थाको अर्थ के हो ? जनताले भोट दिएको जनमतको कदर भनेको के हो ? राष्ट्रियता भएको भनेको के हो ? अनि राज नेता भनेको के हो ? यी सवालको जवाफ पुनः अध्ययनको बिषयसूची बन्दैछ ।
यतिवेला केहि व्यक्ति वा पक्षका रुपमा देखापर्नेलाई बुद्धिको त्यति जरुरी छैन सायद, एउटा राजनेताको दाहृा देखाएर तर्साउन सक्नेले ती सबैको सहि उत्तर खोज्न जाने ठाउँ कहाँ हो ? भनेरे निस्फिक्री बिचरण गर्न पाउने सार्वजनिक सडकमा टायर बाल्नेछन् । बाटो छेक्ने छन् । अशक्त भएर Ambulance मा अस्पताल आउंदा पनि ओरालेर हिन् भन्ने छन् र Ambulance मा आगो लगाई दिनेछन् । किनकी उसलाई वा उसको हुललाई कसैले कार्वाही गर्दैन अर्थात ठूलो पार्टीको बज्ठिरे हुन्छ उ वा उसको हुल ।
राजनिति विगे्रको अवस्थामा राज्य र यसको लोक कल्याणकारी कल्पनाले सायद काम गर्दैन अनि समाज निर्जीव सडक जस्तो देखिन्छ अर्थात नेपालका यस्ता सडक सायद यहिबाट सवारी गुडाइन्छ मनोमानीपूर्वक सेवा भन्दापनि कमाउने भाडो हो सडक कसैको, कसैको नयाँ किनेको कार हो जसले केहि समय त सडकमा आफनै स्वामीत्व भएको ठोकुवा गर्छ । मोवाईलमा कुरागर्दै बरबराउँछ, पैसाकी भोकी प्रेमिकालाई संझन्छ । यसरी सवारी चलाइन्छ, साइरन बजाइन्छ, साईड भनेर छुट्याईएको ठाँउमा ठोकिन्छ र divider राख्नाले यस्तो भयो भनिन्छ तर आफ्नो लापर्वाही वा गल्ति स्वीकारीदैन । यो वहुआयामिक सडकले अरु धेरै काम गरेको छ ।
आजकाल राजनितिक दल र यसका मतियारहरुले राजनितिलाई अराजनिती, विस्वासलाई अविश्वास, व्यवस्थालाई अव्यवस्था, राम्रोलाई नराम्रो, सलामलाई लगाम, चोरलाई चौतारो, दिलाउन सडकमा आएर बन्दुक चलाउन, खुकुरी तेस्र्याउन अनि ज्यालामा अरुलाई भकुर्न पाईन्छ । पसल लुट्न पाईन्छ । बटुवाको गहना चुडाल्न सकिन्छ जस्ता संन्देश प्रवाह गरिरहेका छन् ।
अर्को अराजताको नमूनामा, सडकको प्रयोग कसरी गर्ने नबुझेकालाई सवारी चालक अनुमति दिने देखि सवारी चलाउनै नजान्नेलाई सडकमा उभ्याएर सवारीको गति, पार्किङ्, क्रसिङ्ग,ओभरटेकिङ् बारे नियमन गर्न लगाइन्छ । सेवा प्रदायक निकायहरु सबै आकाशे खेति गर्नेको अखडा भएको छ । मालमा लेखनदास, अदालतमा लेखनदास, बैकमा भौचर भर्ने दलाल, जग्गा मिलाई दिने विचौलिया । जेलमा परेकालाई छुटाउने, सरकारी वा कर्पोरेशनमा जागिर दिलाउने सबै दलाल । केवल पैसा देखाएर बस्नोस काम हुन्छ । असल सामान, गुणस्तरको काम, समयको पावन्धी र आर्थिक अनुशासनको मूल्यांकन गरेर कार्यादेश दिने अड्डामा चुल्ठे र मुन्द्रेलाई उक्साएर, छाक र रातमा किनेर परिस्थितिलाई मूठीमा पारिन्छ र राम्रो असल छोडेर नराम्रोलाई अंगालिन्छ वा अंगाल्न बाध्यपारीन्छ ।
यसरी फलको वृक्षमा अ‍ैंजेरु पलाए झैं भएर भाँडभैलो तर्पm लागेको नेपाली समाजमा मनोमानीको पराकाष्ठा नाघेको र अराजकतालाई मल जल दिएर आफूलाई स्थापित गराउन पल्केकाहरुले नांगो नांच नकचरो भएर देखाएको असभ्य परिस्थितिलाई जरोमूलो उखेलेर दहन गर्ने योग्यता राख्ने एउटा सर्वमान्य शक्तिकेन्द्र द स्टेट मान्यसिप (THE STATE MANSHIP) को खाँचो भएको छ । जसले बुद्धको पंचशिल र शान्त्ति बुझेर अहिंसा तर्पm समाजलाई डो¥याओस् । कौटिल्यको अर्थशास्त्रको सुत्र बुझेर आर्थिक संबृद्धितर्फ युवा पौरखलाई परिचालन गरोस् । सँधै संक्रमण हुने राजनितिक सोचलाई लगाम लगाएर पूर्णविराम देओस् । जनताले अभिमत दिएर पठाए झै संविधानको पालना र कार्यान्वयन गरेर देखाओस् । जनतालाई झूक्याउन पल्केकाहरुको जालमा परेर नसाको सूरमा आफ्नो अभिमत जाहेर गर्न जनता बाध्य हुन नपारियोस् । आधुनिकता र धेरै पैसा कमाउने नाममा पूर्खाको धरोहर बेचेर विदेशी भूमीमा श्रम बेच्न जानेहरुलाई धरोहर जोगाएर नेपालमै श्रम लगाउन प्रोत्साहन र अवसर श्रृजना गराईयोेस् । र मानव अधिकारको नाममा मान्छेलाई अनादर गर्ने प्रवृत्तिलाई ठेगान लगाईयोस् । बनाईयोस् यस प्रकृतिको सुरम्य वाटीका एउटा सुन्दर, शान्त नेपाल, समुन्त नेपाल जहाँ सधंैे शान्तिको वास होस् । जयहोस मेरो देश नेपाल १ जयहोस मेरो देश नेपाल ।
लेखक न्यौपाने जिल्ला समन्वय समितिका कार्यकारी निर्देशक हुनुहुन्छ ।