क्यानडामा संविधान दिवस विविध कार्यक्रम गरि मनाइयो

०४ असोज २०८० ।
क्यानडामा नेपालको संविधान दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
क्यानडा नेपाल चेम्बर अफ कमर्शको आयोजनामा क्यानडाका विभिन्न शहरहरुमा संविधान दिवस मनाइएको हो ।
संविधान दिवसको अवसरमा आज ब्राम्टनमा भएको कार्यक्रममा ब्राम्टनका मेयर प्याट्रिक ब्राउन (Patrick Brown), काउन्सिलरहरु माइकल पल्लेची (Michael Pallechi), डेनिस केनन (Dennis Keenan) र पार्षद गुरुप्रताप सिंह (Guru Pratap Singh) सहभागी हुनुभयो ।
सो कार्यक्रम क्यानडा नेपाल चेम्बर अफ कमर्श, नेप्लिज क्यानेडियन नेटवर्क अफ क्यानडा, नेप्लिज जनजाति एशोसिएसन अफ क्यानडा सोसाइटी र क्यानेडियन नेवा गुथीले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
कार्यक्रममा ब्राम्टनका मेयर प्याट्रिक ब्राउन, काउन्सिलरहरु माइकल पल्लेची, डेनिस केनन र पार्षद गुरुप्रताप सिंहले नेपालको संविधान दिवसको अवसरमा सम्पूर्ण नेपाली जनतालाई संविधान दिवसको अवसरमा शुभकामना दिनुहुदै संविधान दिवसको अवसरमा कार्यक्रम गरेकोमा क्यानडा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष विजय पौडेल लगायतलाई विशेष धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा क्यानडा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष विजय पौडेलले नेपालले प्रजातन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता, समावेशिता लगायतलाई कुराहरुलाई संविधानमैं सुनिश्चितको गरेको जानकारी दिनुहुदै क्यानडा र नेपालको सम्बन्धलाई आगामी दिनमा अझ बढि प्रगाढ बनाउन क्यानडा नेपाल चेम्बर अफ कमर्शले विशेष पहल गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा नेपाल र क्यानडाको राष्ट्रिय गान पनि बजाइएको थियो । त्यसैगरी नेपालको राष्ट्रिय भावना झल्काउने नृत्य पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा क्यानडा नेपाल चेम्बर अफ कमर्श, नेप्लिज क्यानेडियन नेटवर्क अफ क्यानडा, नेप्लिज जनजाति एशोसिएसन अफ क्यानडा सोसाइटी र क्यानेडियन नेवा गुथीका पदाधिकारीहरु, गैर आवासीय नेपाली संघका प्रतिनिधिहरु लगायत क्यानडामा बसोबास गर्ने नेपालीहरुको सहभागिता रहेको थियो ।
नेपालले २०७२ साल अशोस ३ गते नयाँ संविधान जारी गरेको थियो ।
यसअघि हिजो संविधान दिवस क्यानडाको मिसिसागामा पनि मनाइएको थियो ।
क्यानडा नेपाल चेम्बर अफ कमर्शको आयोजनामा मिसिसागामा संविधान दिवस मनाइएको थियो ।
मिसिसागामा भएको कार्यक्रममा क्यानडाका सांसद शेरिफ शब्वावी, मिसिसागा सिटी काउन्सिलका सल्लाहकार दिपिका डमेर्ला र जोन कोभाक, लगायत क्यानडा नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरु, गैरआवासीय नेपाली संघका प्रतिनिधिहरु ल्गायत क्यानडामा बसोबास गर्ने नेपालीहरुको सहभागिता रहेको थियो ।
चेम्बर अध्यक्ष पौडेलका अनुसार क्यानडाका विभिन्न शहरहरुमा बसोबास गर्ने गैर आवासीय नेपालीहरुले संविधान दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएका छन् ।