लायन्स क्लव अफ काठमाडौं नारायणस्थान र स्पोट्स सोसाइटीको कार्यालय उद्घाटन

१६ असार २०८० ।
लायन्स क्लव अफ काठमाडौं नारायणस्थान र स्पोट्स सोसाइटीको कार्यालय उद्घाटन गरिएको छ ।
कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ जी का डिस्ट्रिक गभर्नर दिपक कृष्ण प्रजापति र L/Y 2022/2023 का मल्टिपल काउन्सिल चियरपर्शन केशव पाण्डेले संयुक्त रुपमा सो कार्यालयको उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा लायन्स क्लव इन्टरनेशनल ३२५ जी का डिस्ट्रिक गभर्नर दिपक कृष्ण प्रजापति, L/Y 2022/2023 का मल्टिपल काउन्सिल चियरपर्शन केशव पाण्डे, लायन्स क्लव इन्टरनेशनल ३२५ जी का 1st VDG डा.कमल बहादुर कायस्थ, डिस्ट्रिक लायन्स क्लव इन्टरनेशनल ३२५ जी का सल्लाहकार राजु काफ्ले, लायन अम्बिका भट्टराई लगायतले कार्यालय स्थापनासंगैं क्लवका गतिबिधिहरुलाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने बताउनुभएको थियो ।
कार्यक्रममा लायन्स क्लव इन्टरनेशनलको अमेरिकाको वोष्टनमा हुन लागेको वोष्टन सम्मेलनमा सहभागी हुन जान लाग्नु भएका लायन्स क्लव इन्टरनेशनल ३२५ जी का डिस्ट्रिक गभर्नर दिपक कृष्ण प्रजापति, L/Y 2022/2023 का मल्टिपल काउन्सिल चियरपर्शन केशव पाण्डे, लायन अम्बिका भट्टराई, जोन चियरपर्शन लायन पल्लभ श्रेष्ठ, लायनहरु सञ्जु श्रेष्ठ र बिर्जु विष्टलाई बिदाई पनि गरिएको थियो ।
नेपालमा पूर्व प्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाले सर्बप्रथम बिराटनगरमा लायन्स क्लवको स्थापना गर्नुभएको थियो ।
हाल नेपालभर लायन्स क्लव बिस्तार भैसकेको छ । नेपालमा ४६ हजार बढि लायन्स क्लवका सदस्यहरु रहेका छन् । विश्वभर १४ लाख बढि लायन्स क्लवका सदस्यहरु रहेका छन् ।
विश्वमा नागरिकस्तरमा स्थापना भएका संस्थाहरु मध्ये लायन्स क्लव सबै भन्दा ठूलो संस्था हो ।