काठमाडौं महानगरपालिका वडा नं. ६ मा विशेष सरसफाई कार्यक्रम सम्पन्न

१४ ज्येष्ठ २०८० ।
काठमाडौं महानगरपालिका वडा नं.६ मा विशेष सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिकामा नयाँ जनप्रतिनिधिहरुले पदबहाली गरेको एक बर्ष पुगेको अवसरमा यही ज्येष्ठ १३ गते सो सरसफाई कार्यक्रम आयोजना गरिएको थियो ।
सो अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको नेतृत्वमा महानगरपालिकाका ३२ वटै वडामा सरसफाई अभियान सञ्चालन गरिएको थियो ।
काठमाडौं महानगरपालिकामा जनप्रतिनिधिहरुले पदबहाली गरेको एक बर्ष पुगेको अवसरमा सरसफाई अभियान गरिएको वडा नं.६ का वडा अध्यक्ष भुवन लामाले जानकारी दिनुभयो ।
सो अवसरमा वडा कार्यालय परिसर, बौद्ध नाथ क्षेत्र परिसर, स्तुपा परिसर लगायत ६ नं.वडाका विभिन्न स्थानमा सरसफाई गरिएको थियो ।
सरसफाई कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, वडा सचिव कमल गौतम लगायत वडाका कर्मचारीहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, क्लवका प्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, उपभोक्ता समितिका पदाधिकारीहरु, निजि क्षेत्रका प्रतिनिधिहरु, फोहरमैला व्यवस्थापनको क्षेत्रमा क्रियाशिल संस्थासस्थाका प्रतिनिधिहरु लगायत २ सय भन्दा बढिको सहभागिता रहेको थियो ।
सो अवसरमा ३ गाडी फोहर संकलन गरि व्यवस्थापन गरिएको वडा सचिव कमल गौतमले जानकारी दिनुभयो ।