जिसस काठमाडौं वन तथा वातावरण क्षेत्रलाई व्यवस्थित बनाउँदै

३२ ज्येष्ठ २०८० ।
जिल्ला समन्वय समिति काठमाडौं काठमाडौंमा वन तथा वातावरण क्षेत्रलाई व्यवस्थित बनाउन लागेको छ ।
जिसस काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौं जिल्लामा वन तथा वातावरण क्षेत्रलाई व्यवस्थित बनाउनका लागि पहल शुरु गर्नुभएको छ ।
जिसस काठमाडौंको आयोजनामा आज जेभी फाउेण्डेशनका पदाधिकारीहरु र काठमाडौंका विभिन्न पालिकाका कृषि तथा वातावरण शाखाका कर्मचारीहरुसंग छलफल गरी वन तथा वातावरण क्षेत्रलाई व्यवस्थित बनाउने अभियान शुरु भएको जिसस प्रमुख बुढाथोकीले बताउनुभयो ।
सो अवसरमा प्रमुख बुढाथोकीले काठमाडौंमा वन र वातावरण क्षेत्रमा गर्नुपर्ने सुधारका कार्यहरु लगायत वन, वातावरण र कृषि क्षेत्रलाई व्यवस्थित बनाउन सबै पालिकाहरुलाई सक्रिय भएर कार्य गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा जिसस उपप्र-मुख शान्ती पाण्डेले वन, वातावरण र कृषि क्षेत्रको प्रवद्र्धन र विकासका लागि जिससले आवश्यक समन्वय र सहजिकरण गरिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा जिसस काठमाडौंका जिल्ला समन्वय अधिकारी राजेन्द्र बहादुर अर्यालले वन, वातावरण र कृषि क्षेत्रको समग्र सुधार र आगामी दिनमा गर्नुपर्ने कार्यहरुको सम्बन्धमा काठमाडौंका विभिन्न पालिकाका कृषि तथा वातावरण शाखाका कर्मचारीहरुलाई आवश्यक्ता र औचित्य हरेर सुझाव दिन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा जेभी फाउण्डेशनका अध्यक्ष प्रा.डा.जगदिश बैद्यले जेभी फाउण्डेशनले वन र वातावरण क्षेत्रमा पालिकाले माग गरे बमोजिम सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका ईन्जिनियर सन्देश ढकाल लगायत बूढानीलकण्ठ, तारकेश्वर, गोकर्णेश्वर, कीर्तिपुर नगरपालिकाका कृषि तथा वातावरण शाखाका कर्मचारीहरुले आ-आफ्नो पालिकामा कृषि र वातावरणको क्षेत्रमा गर्न सकिने कार्यहरुको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा जिसस काठमाडौंका शाखा अधिकृत रामप्रसाद ओली लगायत जिससका कर्मचारीहरु, जेभी फाउण्डेशनका पदाधिकारी तथा सदस्यहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको जिसस काठमाडौंका कर्मचारी बद्रि अधिकारीले जानकारी दिनुभयो ।