लायन्स क्लव इन्टरनेशनल ३२५ को बार्षिक बहु जिल्ला सम्मेलन सम्पन्न

शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा लायन्स क्लवले पुर्याएको योगदानको उपराष्ट्रपतिद्धारा प्रशंशा
१४ ज्येष्ठ २०८० ।
लायन्स क्लव इन्टरनेशनल ३२५ को बार्षिक बहु जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा सो सम्मेलन सम्पन्न भएको थियो ।
सो अवसरमा सम्मेलनलाई संबोधन गर्नुहुदै उपराष्ट्रपति यादवले नेपालको शिक्षा, स्वास्थ्य लगायत सामाजिक विकासको क्षेत्रमा लायन्स क्लवले पुर्याएको योगदान प्रशंशनीय रहेको बताउदै लायन्स क्लवका गतिबिधिहरुलाई आगामी दिनमा पनि नागरिकमैत्री बनाउन लायन्सकर्मीहरुलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा उपराष्ट्रपति यादवले लायन्स क्लव इन्टरनेशनल ३२५ G का डिस्ट्रिक गभर्नर उत्तम प्रसाद झा लगायत नेपालमा भएका १५ वटै डिस्ट्रिकका गभर्नरहरुलाई लायन्सको क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याएबापत सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ का मल्टिपल काउन्सिल चियरपर्शन केशव पाण्डेले लायन्स क्लव इन्टरनेशनलले नेपालमा बिगत लामो समयदेखी वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य लगायत सामाजिक विकासको क्षेत्रमा कार्य गरिरहेको बताउनुभएको थियो ।
साथै उहाँले आगामी दिनमा पनि लायन्सका गतिबिधिहरुलाई जनता केन्द्रीत बनाई प्रभावकारी रुपमा सञ्चालन गर्न सम्पूर्ण लायन्सकर्मीहरुलाई आग्रह पनि गर्नुभएको थियो ।
कार्यक्रममा लायन्सको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत वरिष्ठ लायननहरु विधान जोशी, प्रशान्त प्रधान, चन्द्र बहादुर दाहाल, राजु काफ्ले
लगायतलाई सम्मान पनि गरिएको थियो ।
नेपालमा पूर्व प्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाले सर्बप्रथम बिराटनगरमा लायन्स क्लवको स्थापना गर्नुभएको थियो ।
हाल लायन्स क्लव नेपालभर बिस्तार भएको छ । नेपालमा ४६ हजार भन्दा बढि लायन्स क्लवका सदस्यहरु रहेका छन् । विश्वभर १४ लाख भन्दा बढि लायन्स क्लवका सदस्यहरु रहेका छन् ।
विश्वमा नागरिकस्तरमा भएका संस्थाहरु मध्ये लायन्स क्लव इन्टरनेशनल सबै भन्दा ठूलो संस्था हो ।