जिसस काठमाडौंको आयोजनामा क्षमता विकास कार्यक्रम सम्पन्न

२९ ज्येष्ठ २०८० ।
जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा क्षमता विकास कार्यक्रम आज सम्पन्न भएको छ ।
जिससको सभाकक्ष बबरमहलमा भएको सो कार्यक्रम जिसस उप-प्रमुख शान्ती पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा जिसस जिसस उप-प्रमुख शान्ती पाण्डेले स्थानीय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई कार्य गर्न सहज होस् भन्ने उद्देश्यले क्षमता विकास कार्यक्रम आयोजना गरिएको बताउनुभएको थियो ।
कार्यक्रममा उप-प्रमुख पाण्डेले जिससले काठमाडौं जिल्लाको एकीकृत विकासका लागि काठमाडौंका सबै पालिकाहसंग आवश्यक सहकार्य, समन्वय र सहजिकरण गरिरहेको पनि बताउनुभएको थियो ।
कार्यक्रममा जिसस काठमाडौंका शाखा अधिकृत रामप्रसाद ओलीले जिससले जनप्रतिनिधिहरु र पालिकामा कार्यरत कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न तथा एकआपसमा समन्वय गर्न सहज बनाउने गरी कार्य गरिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा नेतृत्व विकास विज्ञ उषा मल्ल सिंहले क्षमता विकास सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा काठमाडौं स्कुल अफ ल का सहप्राध्यापक डा.मुकेश ढुंगानाले स्थानीय तहको सेवा प्रवाहमा महिला जनप्रतिनिधिहरुको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जिसस काठमाडौंका सदस्यहरु राजकुमार बिडारी, सुदिप घिमिरे, सुन्तलि वाइवा, शोभा मगर र सपना परियार, काठमाडौं जिल्लाका विभिन्न पालिकाका महिला जनप्रतिनिधिहरु, कानूनी सहजकर्ताहरु र जिससका कर्मचारीहरुको सहभागिता रहेको जिसस काठमाडौंका कर्मचारी बद्रि अधिकारीले जानकारी दिनुभयो । ।