लायन्स क्लव इन्टरनेशनल ३२५ जी को जोन मिटिङ सम्पन्न

१७ कार्तिक २०८० ।
लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जी को जोन मिटिङ काठमाडौंमा सम्पन्न भएको छ ।
लायन्स क्लव इन्टरनेशनल ३२५ जी का जोन चियरपर्शन राजु शर्मा दाहालको अध्यक्षतामा सो बैंठक सम्पन्न भएको थियो ।
कार्यक्रममा जोन चियरपर्शन दाहालले जोन अन्तर्गतका विभिन्न क्लवहरुले हाल गरिरहेका कार्यहरु, आगामी दिनमा गर्न लागेका कार्यहरु लगायत क्लवका समग्र गतिबिधिहरुको बारेमा जानकारी गराउनुहुदै आगामी दिनमा क्लवका गतिबिधिहरुलाई अझ बढि व्यवस्थित र प्रभावकारी बनाउन क्लवका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न लायन्स क्लवका पदाधिकारीहरुहरुले लायन बर्ष २०२३/०२४ मा गरिरहेका र आगामी दिनमा गर्न लागेका कार्यहरुको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ जी डिस्ट्रिक क्याबिनेट सेक्रेटरी प्रशान्त प्रधानले क्लवका गतिबिधिहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन सहभागीहरुलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा डिस्ट्रिक क्याबिनेट सेक्रेटरी प्रधानले लायन्स क्लवको उद्देश्य लगायत समग्र लायन अभियानका सम्बन्धमा जानकारी गराउनुहुदै लायन अभियानमा सक्रिय भएर लाग्न लायनकर्मीहरुलाई आग्रह पनि गर्नुभएको थियो ।
कार्यक्रममा जोन चियरपर्शन शिव रेग्मी हाल नेपाल बाहिर भएकोले बैठकमा विद्युतिय माध्ययमबाट सहभागी हुनुहुदै क्लवका गतिबिधिहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन क्लवका पदाधिकारीहरुलाई आग्रह गर्नुहुदै आफ्नो तर्फबाट क्लवको विकास र व्यवस्थापनका लागि सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।
बैठकमा लायन्स क्लव अफ कागेश्वरी मनोहराका अध्यक्ष डा.हेमराज लामिछानेले क्लवले स्वास्थ्य, वातावरण संरक्षण लगायत सामाजिक विकासका कार्यहरुलाई प्राथमिकता दिएको बताउदै आगामी दिनमा क्लवका गतिबिधिहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन आफू लगायत क्लवका सबै पदाधिकारी तथा सदस्यहरु लागिपर्ने बताउनुभएको थियो ।
बैठकमा लायन्स क्लव इन्टरनेशनल ३२५ जी अन्तर्गतका विभिन्न क्लवका पदाधिकारीहरुको सहभागिता रहेको जोन चियरपर्शन राजु शर्मा दाहालले जानकारी दिनुथियो ।