लायन्स क्लव अफ काठमाडौं कागेश्वरी मनोहराको बैठक सम्पन्न

२३ वैशाख २०८० ।
लायन्स क्लव अफ काठमाडौं कागेश्वरी मनोहराको बैठक आज काठमाडौंमा सम्पन्न भएको छ ।
बैठकमा लायन्स क्लव इन्टरनेशनलका मल्टिपल काउन्सिल चियरपर्शन केशव पाण्डेले लायन्स क्लव काठमाडौं कागेश्वरी मनोहराका गतिबिधिहरुलाई आगामी दिनमा व्यवस्थित र प्रभावकारी बनाउनका लागि क्लवका सबै सदस्यहरु सक्रिय भएर लाग्नुपर्ने बताउदै समाजसेवाको भावले सबै सदस्यहरुले कार्य गर्नुपर्ने बताउनुभएको थियो ।
बैठकमा लायन्स क्लव इन्टरनेशनलका जोन चियरपर्शन राजु काफ्ले, चिफ डिस्ट्रिक एडभाइजर चन्द्र दाहाल, लायन अम्बिका भट्रराई लगायतले लायन्स क्लव इन्टरनेशनलका गतिबिधिहरुको सम्बन्धमा जानकारी गराउदै क्लवका गतिबिधिहरुलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि आफूहरुले सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।
बैठकमा क्लवका चार्टड प्रेसिडेन्ट शिव रेग्मीले क्लवका गतिबिधिहरुको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
बैठकमा लायनकर्मीहरु प्रा.डा.धनेश्वर नेपाल, डा.हेमराज लामिछाने, नहकुल थापा, सुरेश दाहाल लगायतले क्लवका गतिबिधिहरुलाई प्रभावकारी बनाउन आफूहरु अझ बढि सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
बैठकमा लायन्स क्लव अफ काठमाडौं कागेश्वरी मनोहराको बर्ष २०२३/०२४ को नयाँ कार्य समिति गठन गर्ने सम्बन्धमा पनि छलफल भएको थियो ।
बैठकमा लायन्स क्लव अफ काठमाडौं कागेश्वरी मनोहराका विविध गतिबिधिहरुका सम्बन्धमा पनि छलफल भएको थियो ।