नेपाल जग्गा तथा आवास विकास संघको कान्छो सदस्यमा मुनसन वाग्ले

२० वैशाख २०८० ।
नेपाल जग्गा तथा आवास विकास संघको कान्छो सदस्यमा मुनसन वाग्ले निर्वाचित हुनुभएको छ ।
संघको काठमाडौंमा सम्पन्न १६औं बार्षिक साधारण सभाले वाग्लेलाई संघको कार्यकारी समितिमा निर्विरोध चयन गरेको हो ।
संघको सदस्यमा चयन भएपछी वाग्लेले वर्तमान अवस्थामा घर जग्गा व्यवसायमा समस्या भए पनि यो समस्या लामो समय नरहने बताउनुभयो ।
सरकारले घरजग्गा व्यवसायको लागि आवश्यक नीति नियमहरु बनाउनुपर्नेमा वाग्लेले जोड दिनुभएको छ ।
स्नातक तह अध्ययन गर्दा गर्दै व्यवसायमा लाग्नुभएका मनसुन वाग्लेले हाल व्यवसाय र अध्ययनलाई एक साथ अगाडी बढाइरहनुभएको छ ।
बुबाको व्यवसायलाई निरन्तरता दिने र आफूले पनि व्यवसायको माध्यमबाट मुलुकको विकासमा योगदान पुर्याउने उद्देश्यले आफू व्यवसायमा लागेको २६ बर्षिय युवा व्यवसायी वाग्ले बताउनुहुन्छ ।
युवा व्यवसायी मनसुन वाग्ले वरिष्ठ घरजग्गा व्यवसायी एवम् नेपाल जग्गा तथा आवास विकास संघका निवर्तमान अध्यक्ष इच्छा बहादुर वाग्लेका छोरा हुनुहुन्छ ।
वाग्लेले होटेल व्यवसाय, शिक्षा र घरजग्गा क्षेत्रको विकास र बिस्तारको क्षेत्रमा लगानी गर्दै आउनुभएको छ ।
स्याटेलाइट सिटी निर्माण गर्ने उद्देश्यका साथ आफूले यस क्षेत्रमा कार्य गरिरहेको युवा व्यवसायी मनसुन वाग्लेको भनाई छ ।
काठमाडौं, ललितपुर, भक्तपुर, बारा लगायतका जिल्लामा घरजग्गा व्यवसायमा वाग्ले लगानी गर्नुभएको छ ।
संघको आज काठमाडौंमा सम्पन्न साधारण सभाले संघको अध्यक्षमा बिदुर धमला, महासचिवमा रोशन गैरे, कोषाध्यक्षमा तुल्सी प्रसाद अधिकारीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा बहादुर कृष्ण ताम्राकार, निरज श्रेष्ठ, डेकेन्द्र कुमार श्रेष्ठ, मुनसन वाग्ले लगायतलाई सर्वसम्मत रुपमा चयन गरेको संघका निवर्तमान अध्यक्ष इच्छाराज वाग्लले जानकारी दिनुभयो ।
साधारण सभा नेपाल उद्योग बार्णिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
साधारण सभामा नेपाल उद्योग बार्णिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष हेमराज ढकाल लगायतले जग्गा तथा आवास व्यवसायको क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि सरकारले विशेष पहल गनुपर्ने बताउदै यस क्षेत्रमा दखिएका समस्या समाधानका लागि महासंघले पहल गर्ने बताउनुभएको थियो ।
साधारण सभामा शिक्षाविद् राजु काफ्ले, नेपाल उद्योग बार्णिज्य महासंघका पदाधिकारीहरु, जग्गा तथा आवास व्यसायी संघका पदाधिकारी तथा सदस्यहरु लगायत घरजग्गा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।