कुलेश्वर आवास परिवार कल्याण संस्थाद्धारा ज्येष्ठ नागरिकहरुलाई सम्मान

३१ ज्येष्ठ २०८० ।
कुलेश्वर आवास परिवार कल्याण संस्थाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । काठमाडौंको कुलेश्वरमा आज आयोजित कार्यक्रममा नेकपा एमालेका नेता एवम् प्रतिनिधिसभा सदस्य कृष्ण गोपाल श्रेष्ठले कुलेश्वर आवास क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुभएको थियो ।
कुलेश्वर आवास परिवार कल्याण संस्थाका अध्यक्ष राजु दाहाल शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम विश्व ज्येष्ठ नागरिक दुव्र्यवहार जागरुक दिवसको अवसरमा आयोजना गरिएको हो ।
कार्यक्रमलाई संबोधन गर्नुहुदै नेकपा एमालेका नेता एवम् प्रतिनिधिसभा सदस्य कृष्ण गोपाल श्रेष्ठले ज्येष्ठ नागरिकहरुको हक अधिकारका लागि आफू लागिपरेको बताउदै सरकारले ज्येष्ठ नागरिकहरुको लागि आवश्यक सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा कुलेश्वर आवास परिवार कल्याण संस्थाका अध्यक्ष राजु दाहाल शर्माले संस्थाले ज्येष्ठ नागरिकहरुको हक हित र अधिकारका लागि कार्य गरिरहेको बताउदै आगामी दिनमा पनि ज्येष्ठ नागरिकहरुलाई प्राथमिकता दिएर कार्य गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा महानगरीय प्रहरी बृत्त कालिमाटीका म्क्ए नरहरी अधिकारीले ज्येष्ठ नागरिक सम्बन्धी भएका ऐन कानूनहरुको बारेमा जानकारी गराउँनुहुदै प्रहरी जहिले पनि ज्येष्ठ नागरिकको हक अधिकार सुनिश्चित गर्न लागिपरेको बताउनुभएको थियो ।
सो अवसरमा ८४ बर्ष देखी १ सय ६ बर्ष सम्मका ज्येष्ठ नागरिकहरुलाई उहाँहरुको घरमैं गएर सम्मान गरिएको कुलेश्वर आवास परिवार कल्याण संस्थाका अध्यक्ष राजु दाहाल शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा ज्येष्ठ नागरिकहरु, कुलेश्वर आवास परिवार कल्याण संस्थाका पदाधिकारी तथा सदस्यहरु लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।