टोखा नगरपालिकाको विकास र समृद्धिका लागि नगर प्रमुख अधिकारी अहोरात्र सक्रिय

०७ ज्येष्ठ २०८० ।
टोखा नगरपालिका काठमाडौं जिल्लामा अवस्थित रहेको छ । पूर्वाधार विकासको क्षेत्रमा टोखा नगरपालिकाले उलेख्य कार्यहरु गरिरहेको छ । टोखा नगरपालिकालाई एक सुन्दर, शान्त र समृद्ध नगरपालिका बनाउन नगर प्रमुख प्रकाश अधिकारी लगायत नगरका जनप्रतिनिधिहरु लागिपर्नुभएको छ । टोखा नगरपालिकामा ११ वटा वडा कार्यालयहरु रहेका छन् । उत्तर दक्षिण लामो र पूर्व पश्चिम केही साँघुरो प्रकृतिको भई शिवपुरी जंगलको छत्रछायाँमा १७.११ बर्ग किलो मिटर क्षेत्रमा टोखा नगरपालिका फैलिएको छ ।
टोखा नगरपालिकाले ४ वटा स्वास्थ्य चौकी, २ वटा शहरी स्वास्थ्य केन्द्र र ५ वटा आधारभूत स्वास्थ्य केन्द्र मार्फत् नगरबासीहरुलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
टोखा नगरपालिकाले हाल वडा नं.१ देखी ११ सम्मै पूर्वाधार विकासका कामहरुलाई तिब्र र व्यवस्थित पले सञ्चालन गरिरहेको नगर प्रमुख प्रकाश अधिकारी बताउनुहुन्छ ।
नगर प्रमुख अधिकारी नगरपालिकालाई समृद्ध र नमूना बनाउन नगर प्रमुखमा निर्वाचित भएदेखी नैं लागिपर्नुभएको छ ।
टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले पूर्बाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, आर्थिक विकास, खानेपानी, सरसफाई, वातावरण, विपद् व्यवस्थापन, पर्यटन प्रवद्र्धन, कृषि, सम्पदा तथा संस्कृति संरक्षण लगायत नगरबासीहरुलाई प्रत्यक्ष राहत पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभएको छ ।
टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी टोखा नगरपालिका साँस्कृतिक तथा पर्यटकीय हिसाबले सम्पन्न नगरपालिका भएकोले नगरपालिकालाई पर्यटकीय, साँस्कृतिक र नमूना नगरपालिका बनाउन आफू अहोरात्र लागिपरेको पनि बताउनुहुन्छ ।
टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रबद्र्धन, साँस्कृतिक सम्पदाहरुको संरक्षण, महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएको व्यक्तिहरुको संरक्षण लगायतका क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभएको छ ।
टोखा नगरपालिकाका उप-प्रमुख मुरारी तामाङ अनुगमन, न्यायिक समितिका कामहरुलाई व्यवस्थित र प्रभावकारी बनाउने, विकास निर्माणका कामहरुलाई गुणस्तरीय बनाउन नियमित पमा अनुगमन गर्ने लगायत लक्षित बर्गका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा आफू लागिपरेको बताउनुहुन्छ ।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.नगरबासीहरुलाई प्रत्यक्ष राहत पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुहुन्छ ।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.ले टोखा नगरपालिकामा नगरबासीहरुको सहभागितामा विकास निर्माणका कामहरु भैरहेकोले हालसम्मको योजना कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको बताउदै नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाइएको बताउनुभएको छ ।
टोखा नगरपालिका आर्थिक प्रशासन शाखा प्रमुख ज्ञान बहादुर अधिकारी नगरपालिकाले पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, पर्यटन प्रवद्र्धन, साँस्कृतिक सम्पदाहरुको संरक्षण लगायत सेवा प्रवाहका कामहरुलाई व्यवस्थित र नगरबासीमैत्री बनाइरहेको बताउदै आगामी दिनमा नगरपालिकाका गतिबिधिहरुलाई अझ बढि व्यवस्थित र प्रभावकारी बनाउन लागि नगरपालिका लागिपरेको बताउनुभएको छ ।