लायन्स क्लव इन्टरनेशनल ३२५ जी काे आफ्नै भवन बन्दै, भवनको आज शिलान्यास सम्पन्न

२० वैशाख २०८० ।
लायन्स क्लव इन्टरनेशनल ३२५ जी को आफ्नै भवन निर्माण हुने भएको छ ।
लायन्स क्लव इन्टरनेशनल ३२५ जी का डिस्ट्रिक गभर्नर उत्तम प्रसाद झाले आज अनामनगरमा सो भवनको शिलान्यास गर्नुभयो ।
भवनलाई तोकिएकै समयमा सम्पन्न गरिने बताउदै गभर्नर झाले भवन सुबिधा सम्पन्न हुने बताउनुभएको छ ।
कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल मल्टीपल काउन्सिल चियरपर्शन केशव पाण्डे लगायत लायन्स क्लव इन्टरनेशनल ३२५ जी का नवनिर्वाचित पदाधिकारीहरु लगायत लायनकर्मीहरुको सहभागिता रहेको थियो ।