जिसस काठमाडौंद्धारा नवप्रवर्तन (START UP) कार्यक्रमको सम्बन्धमा सरोकारवालाहरुसंग छलफल

२८ ज्येष्ठ २०८० ।
जिल्ला समन्वय समिति काठमाडौंले नवप्रपर्तन (START UP) कार्यक्रमको सम्बन्धमा आज सरोकारवालाहरुसंग छलफल गरेको छ ।
जिससको सभाकक्षमा भएको सो छलफल कार्यक्रम जिसस काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा जिसस प्रमुख बुढाथोकीले नवप्रवर्तन कार्यक्रमलाई काठमाडौंका सबै स्थानीय तहहरुसंग समन्वय गरेर सञ्चालन गर्न लागिएको बताउनुभएको थियो ।
कार्यक्रममा जिसस उपप्रमुख शान्ती पाण्डेले नवप्रवर्तन कार्यक्रममा सहभागी हुन काठमाडौंका सबै पालिकाहरुलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा जिसस काठमाडौंका जिल्ला समन्वय अधिकारी राजेन्द्र बहादुर अर्याल र शाखा अधिकृत रामप्रसाद ओलीले नवप्रपर्तन (START UP) कार्यक्रमका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा जिसस काठमाडौंका जिल्ला समन्वय अधिकारी काठमाडौंका कानूनी सल्लाहकार डा.रुद्र शर्माले बौद्धिक सम्पति र चौथो पुस्ताको औधोगिक क्रान्ति विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा डा.शम्भु पोखरेलले नवप्रपर्तन (START UP) कार्यक्रमका सम्बन्धमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत र तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जन, दक्षिणकाली नगरपालिकाका उपप्रमुख बसन्ती तामाङ डंगोल र तारकेश्वर नगरपालिकाका उपप्रमुख श्रृजना बुर्लाकोटी, जिसस काठमाडौंका सदस्यहरुमा राजकुमार बिडारी, सुदिप घिमिरे, नरेन्द्र श्रेष्ठ, यशोदा कार्की, सुन्तलि वाइवा, शोभा मगर र सपना परियार, दक्षिणकाली नगरपालिकाका वरिष्ठ शाखा अधिकृत दिपक कुमार के.सी., टोखा नगरपालिका प्रशासन शाखा प्रमुख अनिल प्रसाद जोशी, कागेश्वरी मनोहरा नगरपाकिलाका प्रशासन शाखा प्रमुख माधव खतिवडा लगायत जिसस काठमाडौंका कर्मचारीहरु र काठमाडौंका विभिन्न पालिकाहरुका कर्मचारीहरुको सहभागिता रहेको थियो ।