लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ जी को डिस्ट्रिक क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम आज पनि जारी

२७ ज्येष्ठ २०८० ।
लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ जी को डिस्ट्रिक क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम आज पनि जारी रहेको छ ।
सो कार्यक्रम हिजोबाट भक्तपुरमा शुरु भएको हो ।
लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ जी को डिस्ट्रिक क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रमको हिजो भक्तपुरमा आयोजित विशेष कार्यक्रममा लायन्स क्लव इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर सञ्जय खेतानले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा लायन्स क्लव इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर सञ्जय खेतान, लायन्स क्लव इन्टरनेशनल लायन बर्ष २०२३/२०२४ का अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटी र लायन्स क्लव इन्टरनेशनलका मल्टिपल काउन्सिल चियरपर्शन केशव पाण्डेले लायन्स क्लव इन्टरनेशनलले नेपालमा बिगत लामो समयदेखी शिक्षा, स्वास्थ्य, सामाजिक विकास लगायत जनसरोकारका क्षेत्रमा कार्य गरिरहेको बताउदै आगामी दिनमा पनि सेवा भावले कार्य गर्न लायन्सकर्मीहरुलाई आग्रह गर्नुभएको थियो ।
साथै उहाँहरुले क्लवका गतिबिधिहरुलाई आगामी दिनमा नागरिकमैत्री बनाएर कार्य गर्न पनि लायन्सकर्मीहरुलाई अनुरोध गर्नुभएको थियो ।
लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ जी लायन बर्ष २०२३/२०२४ का डिस्ट्रिक गभर्नर दिपक कृष्ण प्रजापतिको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा लायन्स क्लव इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर सञ्जय खेतान, लायन्स क्लव इन्टरनेशनल लायन बर्ष २०२३/२०२४ का अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, लायन्स क्लव इन्टरनेशनलका मल्टिपल काउन्सिल चियरपर्शन केशव पाण्डे, लायन्स क्लव इन्टरनेशनल ३२५ जी का डिस्ट्रिक गभर्नर उत्तम प्रसाद झा लगायत वरिष्ठ लायनकर्मीहरुले लायन्स क्लव इन्टरनेशनलको उद्देश्य, नेपालले गरिरहेको योगदान, आगामी दिनमा गर्नुपर्ने कार्यहरु, डिस्ट्रिक क्याबिनेटमा भएका लायन्सकर्मीहरुले गर्नुपर्ने कार्यहरु र भूमिका, क्लवहरुको भूमिका र गर्नुपर्ने कार्यहरु, रिजन चियरपर्शन र जोन चियरपर्शनको भूमिका र गर्नुपर्ने कार्यहरु लगायत समग्र लायन्सको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ जी को डिस्ट्रिक क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रममो लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ जी का लायन बर्ष २०२३/२०२४ का 1VDG डा.कमल बहादुर कायस्थ, 2 VDG विधान जोशी, डिस्ट्रिक क्याबिनेट सेक्रेटरी प्रशान्त प्रधान, डिस्ट्रिक क्याबिनेट ट्रेजरर गोकुल प्रजापति, चिफ डिस्ट्रिक एडभाइजर चन्द्र बहादुर दाहाल, वरिष्ठ लायन अग्नी बिलास अधिकारी लगायतको लायन्स क्लव इन्टरनेशनल ३२५ जी मा आवद्ध रिजन चियरपर्शन, जोन चियरपर्शन लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ जी को तर्फबाट वरिष्ठ लायन्सकर्मीहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।
नेपालमा पूर्व प्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाले सर्बप्रथम बिराटनगरमा लायन्स क्लवको स्थापना गर्नुभएको थियो ।
हाल लायन्स क्लव नेपालभर बिस्तार भएको छ । नेपालमा ४६ हजार भन्दा बढि लायन्स क्लवका सदस्यहरु रहेका छन् ।
विश्वभर १४ लाख भन्दा बढि लायन्स क्लवका सदस्यहरु रहेका छन् ।
विश्वमा नागरिकस्तरमा भएका संस्थाहरु मध्ये लायन्स क्लव इन्टरनेशनल सबै भन्दा ठूलो संस्था हो ।
लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ जी को डिस्ट्रिक क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम भोलि सम्पन्न हुने लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ जी लायन बर्ष २०२३/२०२४ का डिस्ट्रिक गभर्नर दिपक कृष्ण प्रजापतिले जानकारी दिनुभएको छ ।