देशभर सुपथ मूल्य पसल सञ्चालनमा

२ अशोज २०७९ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभर सुपथ मूल्य पसलहरु सञ्चालनमा ल्याएको छ ।
नेपालीहरुको महान चाड बडा दशैं, तिहार र छठ पर्बको अवसरमा सुपथ मूल्य पसल सञ्चालन गरिएको हो ।
काठमाडौंमा कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयमा उद्योग, बार्णिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले उद्घाटन गर्नुभएको थियो ।
सुपथ मूल्य पसलहरु आगामी कार्तिक १५ गतेसम्म सञ्चालन हुनेछन् ।
राजधानी काठमाडौं लगायत नेपालभरका ४१ जिल्लाका ४५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले जानकारी दिनुभएको छ ।
सुपथ मूल्य पसलमा खाद्यान्न बस्तुहरु दाल, चामल, तेल लगायतमा प्रति केजी ७ रुपैंयाँ छुट दिइने छ ।
त्यसैगरी खसी, बोका, च्याङग्रा र कर्णालीको सिमीमा पनि प्रति केजी, लिटर १० रुपैंयाँ छुट दिइने कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले जानकारी दिनुभयो ।
सुपथ मूल्य पसलमा घिउ, तेल लगायत खाद्यान्नसंग सम्बन्धीत विभिन्न सामानहरु सहुलियत दरमा बिक्री बितरण गरिने छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले सबै नेपालीहरुलाई सुपथ मूल्य पसलहरुबाट सेवा लिई लाभान्वित हुन अनुरोध गर्नुभएको छ ।