कागेश्वरी धामलाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको रुपमा सूचिकृत गरिने

११ असोज २०७९ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका सचिव सुरेश अधिकारीले कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ गागलफेदीमा अवस्थित कागेश्वरी धामलाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको रुपमा सूचिकृत गरिने बताउनुभएको छ ।
४३औं विश्व पर्यटन दिवसको अवसरमा लायन्स क्लव अफ कागेश्वरी मनोहराको संयोजनमा नेपाल पर्यटन बोर्ड र कागेश्वरी मनोहरा नगरपालिकाले संयुक्त रुपमा ४३ औं विश्व पर्यटन दिवसको अवसरमा आज कागेश्वरी धाममा आयोजना गरेको विशेष कार्यक्रमलाई संबोधन गर्नुहुदै सचिव अधिकारीले सो कुरा बताउनुभएको हो ।
नेपाल पर्यटन बोर्डका अध्यक्ष समेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका सचिव अधिकारीले कागेश्वरी धामलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनका लागि मन्त्रालय र बोर्डले आवश्यक पहल गर्ने पनि बताउनुभयो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले कागेश्वरी धामलाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउनका लागि नगरपालिका नेपाल सरकार र नेपाल पर्यटन बोर्डसंग आवश्यक समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख शान्ता थापाले कागेश्वरी धामलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनका लागि नगरपालिकाले सरोकारवाला निकायहरुसंग समन्वय गरेर कार्य गरिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले प्रसिद्ध कागेश्वरी धामको पर्यटन प्रवद्र्धनका लागि बोर्डले आवश्यक सहयोग गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेलले प्रसिद्ध कागेश्वरी धामको विकास र प्रवद्र्धनका लागि वडा कार्यालय र नगरपालिका लागिपरेको बताउदै पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्न बोर्डलाई आग्रह गर्नुभएको थियो ।
सो अवसरमा कागेश्वरी धाम परिसरमा बृक्षारोपण पनि गरिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सदस्यहरु, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी, पर्यटन मन्त्रालयका सह सचिवहरु राजेन्द्र कुमार केसी र गणेश ढकाल, पर्यटन विभागका महानिर्देशक होम प्रसाद लुईटेल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अज बड्र्तैिला, पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, वडा नं.१ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेल, वडा नं.७ का वडा अध्यक्ष भिमसेन थापा लगायत जनप्रतिनिधिहरु, टान लगायत पर्यटन सम्बन्धी विभिन्न संघ संस्थाका पदाधिकारीले बृक्षारोपण गर्नुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु लगायत कर्मचारीहरु र नगरबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।