कागेश्वरी मनोहरा ७ मा मेयर संग ज्येष्ठ नागरिक निशुल्क स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न

१४ असोज २०७९ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ मा आज मेयर संग ज्येष्ठ नागरिक निशुल्क स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रमको नगर प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गर्नुभयो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख कार्कीले ज्येष्ठ नागरिकको हक, हितका लागि आफू लगायत सिंगो नगरपालिका लागिपरेको बताउदै मेयर संग ज्येष्ठ नागरिक निशुल्क स्वास्थ्य सेवा कार्यक्रम सबै वडामा सञ्चालन गरिने बताउनुभएको थियो ।
ज्येष्ठ नागरिक हाम्रा अभिभावक भएको बताउदै नगर प्रमुख कार्कीले आगामी दिनमा ज्येष्ठ नागरिकहरुलाई घर घरमैै स्वास्थ्य सेवा पुर्याइने पनि बताउनुभएको थियो ।
कार्यक्रममा वडा नं.७ का वडा अध्यक्ष भिमसेन थापाले वडामा भएका ६८ बर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मेयर संग ज्येष्ठ नागरिक निशुल्क स्वास्थ्य सेवा कार्यक्रम गरिएको बताउनुभएको थियो ।
वडा अध्यक्ष भिमसेन थापाले यस अघि नैं ६८ बर्ष उमेर पुगेका सम्पूर्ण ज्येष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य सेवा कार्यक्रममा सहभागी भई सेवा लिन आग्रह गर्नुभएको थियो ।
मेयर संग ज्येष्ठ नागरिक निशुल्क स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत मुटुको इको, बीसिजी, मुटु रोग, ल्याब लगायतका सेवाहरु दिइएको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।
मेयर संग ज्येष्ठ नागरिक निशुल्क स्वास्थ्य सेवा कार्यक्रममा आज २ सय जना जति ज्येष्ठ नागरिकहरुले स्वास्थ्य सेवा लिनुभएको नगरपालिकाका स्वास्थ्य सह संयोजक लक्ष्मी कोइरालाले जानकारी दिनुभयो ।
विशेषज्ञ स्वास्थ्य सेवा सहितको मेयर संग ज्येष्ठ निशुल्क स्वास्थ्य सेवा कार्यक्रम वडा कार्यालय भवनमा भएको थियो ।
कार्यक्रममा उपप्रमुख शान्ता थापा, कानूनी सल्लाहकार विश्वनाथ खनाल लगायत वडाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, शाखाका कर्मचारीहरु र नगरबासीहरुको सहभागिता रहेको थियो ।