सूप दौलतपुरघाट पर्यटनः टिनपा–५ कर्णाली करीडोर (कृषि पर्यटक कालु हमाल)

प्रा. डा. प्रेम शर्मा
पर्यटन मानव ५ ज्ञानेन्द्रीयका आकार्षणको व्यापार हो । आकर्षणका दुई संपदा–प्रकृति र संस्कृतिमा नेपाल उत्कृष्ट गन्तव्य हो । अपार पर्यटकीय सम्भाव्यता रहेको सुदुर÷सुन्दर पश्चिम (सुप) पर्यटन विकासको पैलामा धेरै पछाडी रहेको छ । कैलाली धनगढी उद्योग वाणिज्य संघ र पर्यटन विकास समितिले धेरै प्रयास र पहल गरे तापनि पर्यटन शिक्षा, अनुभव, चेतना र पर्यटनमैत्री व्यवहारमा जनचेतना (स्थानीय) सूपमा खासै परिवर्तन महसु भएको भेटीदैन । यसको प्रमुख कारण जराधार÷ लाभंशकारी जनसंमुदाय तहमा खासै प्रवद्र्धानात्नमक, व्यवसायी एवं रणनीतिक योजना र कार्यक्रमहरु छैनन । डब्लु डब्लु एफले वन्यजन्तु निकुन्ज क्षेत्र– कन्चनपुर शुकला फाँट छेउछाउ, वर्दीया राष्ट्रिय निकुन्ज, रारा राष्ट्रिय निकुन्ज क्षेत्रमा केही पर्यटकीय सामुदायीक विकास गर्ने कार्यक्रम गरेतापनि कैलाली घोडाघोडी, टीकापुर पार्क, खप्तड, चिसापानी÷कर्णाली करीडोर लगायत क्षेत्रलाई एकिकृत पर्यटन र वन तथा वन्यजन्तु संरक्षण संवद्र्धनमा खासै पहल गरेको भेटीदैछ । बरु कुनै व्यक्ति एवं समुदाय विशेषले वनानाज÷कालु हमाल लगायतले अगाडी सारेको सोच, योजना र कार्यक्रम बढी व्यवहारीक एवं पर्यटन व्यवसायी मुलक भेटीन्छन् । सुपका धार्मिक सम्पदाहरु– रामरोशन, वैधनाथ, त्रिपुरासुन्दरी, निग्ला शैनी, उग्रतारा, शैलेश्वरी, आदिको बारे छुट्टै महत्व छ । यस तर्फ पनि केही ध्यान दिनु आवश्यक छ । तर सुपलाई कैलाश मानसरोवर देखि भारतको नैनीताल, अपि, शैपाल, शुक्लाफाँट, रारा, फोक्सुन्डा,े लिमी भ्याली, गुरील्ला ट्रेक, वर्दीया एवं बाँके राष्ट्रिय निकुन्जसँग सघन रुपमा विकास गर्ने योजना बनाउनु पर्छ । तिनीहरुको संभाव्यता र महत्व अथाहा छ छुट्टै आयाममा आलेख गरौंला ।
यस प्रसगंमा टिकापुर नगरपालिका–५ स्थित टिकापुर पार्क र दौलतघाट क्षेत्रमा व्यक्ति विशेष– कालु हमाल र उहाँका सहयोगी एवं सहर्कमी थर्क ब. शाहले परिकल्पना गरेको तराई–पहाड–हिमाल जोड्नु पर्छ, अझ कालु हमाल भन्छन–भारतीय र चीनीया पर्यटन मित्रहरुलाई मनोरन्जन दिने त्यहाँको (थारु) संस्कृति वचाउ एवं संवद्र्धन र सहासी जलयात्रा (मनोरन्जन) जोडने करीडोर बनाउन सकिन्छ । एक करोड भारतीय र चिनीया पर्यटकहरु वार्षिक रुपमा भित्र्याउने, पर्यटन प्रर्वद्धन कार्यक्रमहरु जहा कृषि, वन, जलसम्पदा लाई पर्यटन विकासको संजालमा जोड्नु पर्दछ । उहाँहरुले पदयात्रा, जलक्रिडा÷राफटीङ्ग, जंगल सफारी, वालुवा र नदी (वालुवा र समुद्री पानी)को अनुभुति दिने शैर्य एवं क्रिडास्थल बनाई स्थानीय, आन्तरीक, क्षेत्रीय छिमेकी मुलुक–भारतीय, चीनीया, एवं आन्तराष्ट्रिय पर्यटक भित्र्याउने कलपना एवं अवधारणा अगाडी सार्नु भएको छ । त्यसलाई पदेश–७ को संघीय प्रणालीको सरकारले बुझनु आवश्यक छ । त्यसै गररे प्रदेश– ७ र ६ का उद्योग वाणिज्य क्षेत्रका उद्यम व्यवसाहीहरुले पर्यटकीय संभाव्यता र गन्तव्यहरुको पहिचान, अन्वेषण, खोज, अध्यायन र बजारीकरण गर्नु आवश्यक छ । किन भने पर्यटज व्यवसाय नीजीक्षेत्रको दायित्व भित्र पर्दछ । यो क्षेत्र÷प्रदेशले प्रकृति देखि संस्कृति जोड्ने एउटा अपूर्व संभावना वोको छ । जस्तै सानो उदाहरण– बाह्रसिंगे जनावर र लोपोन्मूख रानाथारु भेटीने शुकलाफाँटा, १.४ की.मी. लामो सस्फेन्डेड पुल देखि अपि, शैलाप हिमाल, वसन्त देखि शरद ऋतु सम्म स्वर्ण एवं स्वर्गभूमि पल्टिने खप्तड राष्ट्रिय निकुन्ज, स्वीजरल्याण्डको यात्रा पछि राजा महेन्द्र र खडक ब. सिंहद्वारा कल्पीत नेपालको एउटा नमुना व्यवस्थित टिकापुर नगरविकास र देशकै ठूलो (८५–१०–१३ विगाह) क्षेत्रमा फैलीएको टिकापुर पार्क, संभवत नेपालकै ठूलो क्षेत्रफल (३८० विगाह)मा फैलिएको टिकापुर बहुमुखि क्याम्पस, एशियाकै नमुना कर्णालीपुल र जल क्रिडा (राफटीङ्ग), डोल्फीन अवलोकन लगायत अपूर्ब र अथाहा पर्यटकीय संभाव्यता र संभावना बोकेको सुन्दर पश्चिममा सरोकार निकायहरुको ध्यान जानु आवश्यक छ । सिर्फ सरकारले योजना र कार्यक्रम अगाडी सार्ने हो त्यसमा नीजी क्षेत्रले लगानी र फाइदालिने व्यवसाय पर्यटन क्षेत्र हो ।
दौलतपुरघाटः कालु हमाल शिक्षाको डिग्रीले कृषि विद्यार्थी भएतापनि वास्तवमा उनी कृषिलाई पर्यटन र प्रकृति एवं संस्कृति जोडने अर्कीटेक्ट इन्जीनीयर हुन् । प्रायः कट्टु र चप्पलमा भेटीने कालु हाल मनोरन्जन र महिलाबादी मान्नु पर्छ किन भने उनले पुरुषलाई भन्दा आफ्नो व्यवसायमा महिलाहरुको संलग्नता र सक्रिय सहभाष्गिता लाई नजानीदो गरी प्रोत्साहान गरेको भेटीन्छ । शुद्ध कृषिको एउटा आइटम–केरामा सारा संसार देख्ने कालु हमालको व्यवसाय (होटल)मा ४२ प्रकारका केराका आइटम (व्यन्जन)को स्वादलिन सकिन्छ । आफ्नो व्यवसायको प्रचार र प्रसार र व्यापारी एवं बजारीकरणमा कमजोर देखिने कालु हमाल उनको फाम– बनानाज एग्रो रिसोर्ट एण्ड रेस्टुरन्टमा भेटीदां पत्रकार, कलमकार, बुद्धिजिवीहरुलाई कुराकानी र आफ्नो अनुभव एवं नयाँ सोच र नौला नौला परिकल्पनाहरुले मक्ख पार्दछन साथै होटलको व्यापार चलाउन थकाली समुदाय भन्दा कम छैनन । उनको वनानाजमा भ्रमण र खानपान गर्ने ग्राहक असन्तुष्टी भएको यो कलाकारले भेटेको छैन । उनको रेष्टुरेन्टमा भेटीने (खुवाइने) परिकारहरुको वर्णन यहाँ थोरै गरौं, किन भने परिकारको यादमा मुख रसाउन सक्दछ र लेखन अधुरो रहला, त्यसैले पाठकलाई स्वयम त्यहाँ भ्रमण गरे अनुभव गर्न अनुरोध गर्दछु । दौलतपुर घाटमा बीच आइल्याण्ड एक्टपेरीन्स गराई थाइल्याण्ड, इन्डोनेसीया, सिंगापुरको भ्रमण कर्णाली करीडोरमा संपन्न गर्ने कल्पना र कार्यक्रम छ उनको । केही समय अघिसम्म उनको टिकापुरपार्क पारी पट्टी आईल्याण्ड बीच रेन्टुरेण्ट संचालनमा थियो, हाल कर्णालीको पानी प्रवाह अन्त मोडीन जाँदा रोकीएको छ, तर त्याहाँ उन्की नयाँ श्रीमतिले राफटीङ्ग शुरु गरेका छिन् । नदी छेउमा रहेको खेरा गइरहेको जमिनलाई सदुपयोग गरी हाल उनले बनाना गार्डेन पार्क कम रेस्टुरेन्ट जहाँ केराको वीर्वीक्यू, क्याम्पफयर, वाटरचेज खेल, डोल्फीन अवलोकन, वाटर+फिस+वनाना आइटम ख्वाउदै पाहुना पर्यटकहरुलाई आइल्याण्ड (स्याण्ड वीच वाटर इन्टरटेन्मेन्ट) मनोरञ्जन गराउने रणनीतिक योजनामा छन् । उनका सहकार्मी थर्क ब. शाही ५० थरीका खीरका परिकार चखाउने÷खुवाउने व्यवयाय साथ त्याहाँ उपस्थित छन् । कर्णाली करीडोर क्षेत्रमा भेटीने जैवीक विविधता–बेतवाँस जंगल साथैमा भेटीने अजींगर, सत्तीको पुल र कोठीयघाट पुल नेपालको सबै भन्दा लामो मोटर पुल, वर्दीया राष्ट्रिय निकुन्ज छेउको जैविकमार्ग डल्ला थारु होमस्टे, वढौयाताल, खैरापुरका कृष्णसारको बथान, यादव होमस्टे (मामा+भन्जा), राजपुर गणेश मन्दीर, रानीमहल सिंचाई, जमरा कुलरीय संग्रालय, आदिलाई टिकापुर पार्क र आफ्नो छ विगाहमा फैलिएको (लिज) पार्कलाई कर्णाली नदीसँग जोडी सुदरपश्चिम÷सन्दुर पश्चिम (सुप)मा तराई देखि हिमाल वा भारत देखि चीन सम्म पर्यटक भ्रमण गर्ने दीर्घ तर रोचक एवं पर्यटन गन्तव्यमय बनाउन विकास साझेदार जीआइजेड, वोर्ड बैंक, डीएफआइडीको पहल र सहभागीताको अपेक्षा समेत कालु हमाल र उहाँका सहकर्मीहरु गर्दै प्रतिक्षारत छन् ।
कालु हमाल व्यक्ति कोही र केही होइनन् तर उनको सोच र व्यवसायीक क्रियाकलपाले सुपलाइ मात्रै नभएर यस क्षेत्रमा काम गर्ने जो कोहीलाई अनुकरणीय र सोचनीय हुन सक्छ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले नेपालको भावी सम्वृद्धि र सम्पन्नताको परिकल्पना गरी रहदा आ–आफ्नो क्षेत्र र तहबाट नेपालको विकासमा पर्यटन (मेरो अनुमानमा) दोस्रो ठूलो स्रोत साधन बोकेको÷संभाव्यता क्षेत्र हो जसलाई समुचित व्यवस्थापन गर्नसके विदेशी सहयोग, विदेश पलायत युवाशक्ति र अस्तव्यस्त आर्थिक क्षेत्र र नागरीक शासनको विकल्प हुन सक्छ ।
नेपालमा टिकापुर, कर्णाली करिडोर, जैवीक विविधता वोकेको धेरै गन्तव्यहरु छन तर तिनीहरुको पहिचान (एक्स्ल्पोर), प्रचा प्रसार, बजारीकरण र लाभका लागि प्रयोगमा ल्याउने भावी सरकारकोे प्राथमीकरणमा पर्नु पर्छ । ग्रामीण र कृषिमुखि हामी नेपालीको विकास गाउँ र कृषिको विकास विना टाढाको कुरा हुन सक्छ । त्यसैले गाउँ–गाउँमा छरिएर रहेको कृषि र वन पैदावर (जस्तै केरा र लप्सी) जस्ता उत्पादनबाट स्थानीय तहमा रोजगारी र आय आर्जन गर्न सकिने कुरालाई अर्का एक राजनीतिकर्मी एवं कृषि अगुवा पर्वत मुढीकुवा निवासी ऋषिकेश तिवारीले जिल्लाका (तत्कालीन) ५५ वटै गाउँमा लप्सीको बोट रोपी कृषि क्षेत्रको थप आम्दानी बढाउने परिपल्ना गर्दछन् । यो कार्य संभव छ किन भने काठमाडौं नजिक–ललितपुर र काभ्रे जिल्लामा लप्सीको उत्पादनले ठूला बजार प्राप्त गरेको छ । लप्सीको माडा र पाउँ, अचार मात्रै नभएर जामजेली लगायत अन्य परिकारहरु विभेदीकरण गर्न सके भारत र चीनको बजारमा निर्यात गर्न सक्ने संभाव्यता छ । भरखरै ३÷४ महिनामा रसुवा नाकाबाट ११ करोडको अम्रीसो तिब्बत निर्यात भयो । केराको फाइबरबाट द. भारत (मद्रासमा प्रयोगछ) र तीनीहरुबाट बन्ने संभावीत कपडा, उपहार÷कोशेलीजन्य उत्पादनहरुलाई प्रयोगमा ल्याउन कालु हमाललाई बाँकी छ । नेपालले गुणस्तरीय वस्तु उत्पादन गर्नु मात्र छ बजार खोज्न समुद्रपार गई रहनु पर्दैन, जसरी पोखरामा प्याराग्ल्याइडीङ्ग र सौराहा चितवनमा हात्ति सफारीमा चिनीय पर्यटकहरु लालयित छन्, पशुपतिनाथ जानकरीमन्दीर (जनकपुरधाम), मुक्तिनाथ र दामोदर कुण्ड, स्वर्गद्वारीमा भारतीय हिन्दु धार्मिक पर्यटकहरु र लुम्बिनीमा एशियाका बौद्ध तिर्थालु एवं तिर्खालु र सर्वोच्च शिखर सगरमाथा चुम्ने घुम्ने र पर्यटकीय नगरी पोखरा भ्रमण गर्ने, पश्चिमा पर्यटकहरु लगायत धेरै गन्तव्यहरुमा गुणस्तरीय सेवा दिन सकीरहेका छैनौं तर गर्नु छ । विश्व मै उत्कृष्ट गन्तव्य सगरमाथा, लुम्बिनी, प्याराग्याइडीङ्ग (तेस्रो स्थान), अन्नपूर्ण परिक्रमा (दशैंमा एक) लाई राम्रो बजारीकरण गर्न सके नेपालमा आर्थिक सम्दृष्टि र नेपाल कम समयमा विकाशील मुलुक बन्न सक्छ ।
त्यसैले नेपालमा कालु हमाल, धोवीघाटे श्यामदाई, वानेश्वरकी लक्ष्मी भाउज्यू, भक्तपुरका नाइच्याई, इटरीका झुम्केली चौधरी, मुस्ताङ्गकी मार्फाली माइती, चराँङ्गकी माया विष्ट, उपल्लो फेदी पाथीभराकी सुब्बीवी माइली, ककनीका सार्की तामाङ्ग, ठाकुरद्वार डल्लाको मंगलथारु, दुम्सी दरैकी आशा, डाँफे रीसोटका गोपाल वम (हालमाननीय), आदि आन्तरीक पर्यटन व्यवसायका अनुकरणीय प्रतिभाहरु हुन । उनिहरुको अनुभव, शीप, जाँगरले अरुहरुलाई प्रेरणा र प्रोत्साहान मिल्दछ । अन्तमा सुपको पर्यटन विकास त्यहाँका थारु, खस वाहुन र शाही, सिंह, ठकुरी बाउसापहरुको हातमा छ । नेपाल सरकारले ठाउँ विशेष, गन्तव्य÷प्रडक्टस विशेष र जातजाति विशेषका पर्यटकीय योजना र कार्यक्रमहरु ल्याउनु आवश्यक छ तर नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजनाले खाली ठूला–ठूला कुरा मात्र गरेको छ जुन ग्रामिण पर्यटन विकास मैत्रीपूर्ण हुनसकेको छैन ।