काठमाडौं जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र विपद सम्पर्क व्यक्तिहरुको लागि आयोजित विपद् व्यवस्थापन सम्बन्धी २ दिवसीय कार्यक्रम धुलिखेलमा सम्पन्न

 

१८ वैशाख २०७६ ।

काठमाडौं जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र विपद् सम्पर्क व्यक्तिहरुको लागि आयोजित विपद व्यवस्थापन सम्बन्धी २ दिवसीय कार्यक्रम धुलिखेलमा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति काठमाडौंले आयोजना गरेको सो कार्यक्रम यहि वैशाख १६ र १७ गते धुलिखेलमा भएको जिल्ला समन्वय समिति काठमाडौंका अधिकृत सीता कार्कीले जानकारी दिनुभएको छ ।


कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले काठमाडौं जिल्लामा विपद जोखिम न्यूनिकरणका लागि सबै स्थानीय तहहरुसंग समन्वय गरेर जिससले कार्य गरिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा नेपाल सरकारका सचिव एवम् काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले जिल्ला समन्वय समितिले काठमाडौंका स्थानीय तहहरुसंग राम्रो समन्वय गरेको र आगामी दिनमा पनि सहकार्य र समन्वयलाई प्राथमिकता दिएर कार्य गर्न आग्रह गनुहुँदै नेपालमा विपद व्यवस्थापन, वर्तमान अवस्था र आगामी कार्यदिशा विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
सो अवसरमा नेपाल सरकारका सचिव एवम् काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले विपदको समग्र अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।


कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका उप-प्रमुख सरिता दाहाल र जिल्ला समन्वय समिति काठमाडौंका जिल्ला समन्वय अधिकारी पिताम्बर अधिकारीले विपद जोखिम न्यूनिकरणका लागि काठमाडौं जिल्लाका सबै ११ वटै स्थानीय तहहरुसंग सहकार्य र समन्वय गरेर जिससले कार्य गरिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय राज सुवेदी, चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल, तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरामणी सुवेदी र गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नी अधिकारीले विपद जोखिम न्यूनिकरणका लागि भैरहेका कामहरुको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका विपद व्यवस्थापन विभागका प्रमुख अर्चना श्रेष्ठ शाक्य, काठमाडौं महानगरपालिकाका उपनिर्देशक गोपाल प्रसाद पोखरेल, जिल्ला समन्वय समिति काठमाडौंका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत घनश्याम तिमिल्सेना, कागेश्वरी मनोहरा नगरपालिकाका विपद् सम्पर्क व्यक्ति रामेश्वर दाहाल लगायतले विपद सम्बन्धी भएका कार्यहरु र नगरपालिकाहरुले विपद व्यवस्थापनको क्षेत्रमा गरिरहेका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा विपद परिचय, विपदको बारेमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गर्नुपर्ने कार्यहरु, विपद सम्बन्धी भएका कानुनी व्यवस्थाहरु, विपद न्यूनिकरण योजना, विपद जोखिम व्यवस्थापन तथा न्यूनिकरण र प्रतिकार्यमा बहुक्षेत्रगत अवधारणा, काठमाडौं महानगरपालिकाको विपद व्यवस्थापन सम्बन्धी विद्यमान संस्थागत प्रबन्ध, उपलब्ध साधन स्रोत र कार्य योजना एवम् अन्य नगरपालिका तथा सुरक्षा निकायहरुको विगतको सिकाई र अनुभव आदान प्रदान गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका पदाधिकारीहरु, काठमाडौं जिल्लामा भएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, विपद सम्पर्क व्यक्तिहरु र जिल्ला समन्वय समिति काठमाडौंका कर्मचारीहरुको सहभागिता रहेको थियो ।