कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ वडा कार्यालयमा स्थानीय तहको निर्वाचन पश्चात भए गरेका कामहरुको सार्वजनिकीकरण कार्यक्रम तथा तेश्रो नगर सभाको लागि सल्लाह एवम् सुझाव संकलन कार्यक्रम सम्पन्न

 

२३ जेठ काठमाडौं ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा स्थानीय तहको निर्वाचन पश्चात भए गरेका कामहरुको सार्वजनिकीकरण कार्यक्रम तथा तश्रो नगर सभाको लागि सल्लाह एवम् सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ ले आयोजना गरेको सो कार्यक्रमको कागेश्वर िमनोहरा नगरपालिकाका प्रमख कृष्णहरि थापाले उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख थापाले नगरपालिकाले सडकबाटो निर्माण, ढल, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभएको थियो ।
सो अवसरमा नगर प्रमुख थापाले आफ्नो टोलको विकासमा सक्रिय भएर लाग्न टोलबासीहरुलाई आग्रह गर्नुहुदै नगरको समग्र विकासका नगरपालिका सक्रियतापूर्वक लागेको पनि बताउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ का वडा अध्यक्ष कुन्दन खड्काले वडा कार्यालयले वडाबासीको माग र चाहना बमोजिमका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउदै वडाले सडकबाटो निर्माण, ढल, खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, जेष्ठ नागरिक, अपांग लगायतका क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरेको बताउनुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष कुन्दन खड्काले स्थानीय तहको निर्वाचन प्रश्चात निर्वाचित जनप्रतिनिधिहरुले पदबहाली गरेको २ बर्षको अवधिमा वडा कार्यालयले गरेका कायहरुको बारेमा जानकारी पनि गराउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय राज सुवेदी, सल्लाहकार भरत फुयाँल, वडा नं. ७ वडा अध्यक्ष जीवन थापा र ८ का वडा अध्यक्ष श्रीकृष्ण चापागाई, नगर कार्यपालिका सदस्य कला घिमिरे, नगर सदस्य डोलनाथ पोखरेल लगायत जनप्रतिनिधिहरु र टोलबासीहरुको सहभागिता रहेको थियो ।