कागेश्वरी मनोहरा नगरपालिका विश्वभर महाभारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) को संक्रमणबाट नगरबासीलाई बचाउने अभियानमा सक्रियतापूर्वक लागेको नगर प्रमुख थापाको भनाई

१७ चैत्र २०७६ ।
कागेश्वरी मनोहरा नगरपालिका विश्वभर महाभारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट नगरबासीलाई बचाउने अभियानमा सक्रिय भएर लागेको छ ।

यसका लागि नगर प्रमुख कृष्णहरि थापा, उपप्रमुख बिन्दु सिम्खडा पुडासैंनी, प्रवक्ता राजाराम पुडासैंनी, वडा अध्यक्षहरु, स्वास्थ्य सहसंयोजक लक्ष्मी कोइराला लगायत जनप्रतिनिधिहरु र कर्मचारीहरु सक्रिय भएर लाग्नुभएको छ ।
स्वास्थ्य सेवा लिन नगर प्रमुख कृष्णहरि थापाको नगरबासीहरुलाई आग्रह

यसका साथै कागेश्वरी मनोहरा नगरपालिकाले मुलपानी स्वास्थ्य केन्द्रमा आवश्यक औषधी उपकरणसहित डाक्टर सहितको स्वास्थ्य टोली २४ सै घण्टा खटिरहेकोले बिरामीहरुलाई प्रस्तावित नगर अस्पताल मुलपानी स्वास्थ्य चौकीमा गई स्वास्थ्य सेवा लिन पनि नगर प्रमुख कृष्णहरि थापाले सबै नगरबासीहरुलाई आग्रह गर्नुभएको छ ।
वडा स्तरीय समन्वय समिति गठन
कागेश्वरी मनोहरा नगरपालिकाले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) को नियन्त्रण तथा रोकथामका लागि सबै वडाहरुमा वडास्तरीय समन्वय समिति गठन गरेर कार्य गरिरहेको छ ।
आलापोट स्वास्थ्य चौकीमा क्वारेन्टाइन निर्माण
कागेश्वरी मनोहरा नगरपालिकाले आलापोट स्वास्थ्य चौकीमा क्वारेन्टाइन निर्माण कार्य सम्पन्न गरेको छ । कोरोना भाइरस (COVID-19) को संक्रमण देखिएका र शंका लागेका बिरामीहरुलाई सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्वारेन्टाइन निर्माण गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बताउनुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले नगरपालिकाभित्र भएका सामुदायिक तथा निजि विद्यालयहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्नका लागि तयारी अवस्थामा राखिएको बताउदै नगर प्रमुख थापाले विदेशबाट आएका नगरबासीहरुको तथ्यांक संकलन र स्वास्थ्य परीक्षणका लागि पनि कार्य भैरहेको बताउनुभएको छ ।
नगर प्रमुख थापाले नगरबासीलाई आपत्कालिन अवस्था आएमा सम्बन्धित वडाका जनप्रतिनिधिहरुलाई सम्पर्क गर्न पनि अनुरोध गर्नुभएको छ ।
कागेश्वरी मनोहरा नगररबासी लगायत आम नागरिकलाई सरकारले गरेको निर्णयको सम्मान गरी घरमै सुरक्षित बस्न पनि नगर प्रमुख कृष्णहरि थापाले आग्रह गर्नुभएको छ ।
किट्नाशक औषधी क्लोरिन स्प्रे सबै वडामा छरिदै
कागेश्वरी मनोहरा नगरपालिकाले नगरका सबै वडाहरुमा किट्नाशक औषधी क्लोरिन स्प्रे छर्ने कार्य गरिरहेको छ । नगरपालिकाका सबै वहरुमा क्लोरिन स्प्रे छर्ने कार्य भैरहेको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाद्धारा एम्बुलेन्स सञ्चालन
कागेश्वरी मनोहरा नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
नगरबासीलाई सहज र सरल रुपले स्वास्थ्य सेवा प्रदान गर्नका लागि एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभएको छ ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट नगरबासीलाई जोगाउन आपत्कालिन अवस्थामा एम्बुलेन्सको व्यवस्था गरिएको गर प्रमुख थापाले जानकारी दिनुभएको छ ।
नगर स्वास्थ्य शाखाको बैठक सम्पन्न
कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखाको शाखाको आकस्मिक बैठक आज सम्पन्न भएको छ ।
सो बैठकमा नगरबासीहरुलाई आगामी दिनमा कसी छिटो, छरितो र प्रभावकारी रुपले स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य सेवालाई नियमित रुपमा सूचारु गर्ने सम्बन्धमा छलफल भएको स्वास्थ्य सह संयोजक लक्ष्मी कोइरालाले जानकारी दिनुभयो ।
बैठकमा कागेश्वरी मनोहरा नगरपालिकाभित्र भएका सबै स्वास्थ्य संस्थाहरुमा PPE सेट सुरक्षा सामाग्री १/१ लाख रुपैंयाँको चेक हस्तान्तरण गरिएको थियो ।
त्यसैगरी बैठकमा मुलपानी स्वास्थ्य चौकी प्रस्तावित नगर अस्पताललाई स्वास्थ्य सामाग्री र ३ लाख रुपैंयाँको चेक हस्तान्तरण पनि गरिएको थियो ।

मुलपानी स्वास्थ्य चौकी (प्रस्तावित नगर अस्पताल) का स्वास्थ्यकर्मीहरुलाई निशुल्क खाना र बस्नको व्यवस्था
मुलपानी स्वास्थ्य चौकी (प्रस्तावित नगर अस्पताल) मा स्वास्थ्य सेवा प्रदान गरिरहनुभएका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निशुल्क रुपमा आवाससहित खानाको व्यवस्था गरिएको स्वास्थ्य शाखा सह संयोजक लक्ष्मी कोइरालाले जानकारी दिनुभएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाले विश्वभर भहामारीको रुपमा रहेको कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गरेका कार्यहरु देहाय बमोजिम रहेका छन् ।