कागेश्वरी मनोहरा नगरपालिकाले दैनिक ज्यालादारी र विपन्न नागरिकलाई राहत कुपन बितरण गर्ने


१८ चैत्र काठमाडौं ।
कागेश्वरी मनोहरा नगरपालिकाले नगरपालिकामा भएका दैनिक ज्यालादारी र विपन्न नागरिकलाई राहत कुपन बितरण गर्ने भएको छ ।

नगरपालिकाले यसका लागि अन्तिम तयारी गरिरहेको नगर प्रमुख कृष्णहरी थापाले बताउनुभएको छ ।

नगरपालिकाले भोलि अर्थात यहि १९ गते बिहान ७ बजे देखी १० बजेसम्म र बुलुका ३ बजेदेखी ६ बजेसम्म दैनिक ६ घण्टा प्रत्येक वडाहरुमा वडा अध्यक्षको नेतृत्वमा वडा सदस्य र प्रमुख राजनीतिक पार्टीका १/१ जना र जुन टोलमा जाने हो सो टोल सुधार समितिको अध्यक्ष एवम् सदस्य सहितको टोली राहत कुपन बितरण गर्न बिपन्नको आगनमा गई उसको वर्तमान अवस्था एकिन गरी घरमा राशन पानीको प्रत्यक्ष अनुगमन गरी परिवार संख्या एकीन गरी प्रत्येक परिवारका सदस्यलाई रु. १ हजारको बिपन्न राहत कुपन बितरण गर्ने गरी व्यवस्था गरिएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभएको छ ।
साथै नगर प्रमुख थापाले आफ्नो टोलमा त्यस्ता परिवार भएमा एकीन गर्न र वडाका जनप्रतिनिधिहरुलाई जानकारी गराउन पनि अनुरोध गर्नुभएको छ ।
विश्वभर महाभारीको रुपमा रहेको कोरोना भाइरस को संक्रमणबाट नगरबासीलाई बचाउने अभियानमा नगरपालिकाले सक्रियतापूर्वक कार्य गरिरहेको छ ।
स्वास्थ्य सेवा लिन नगर प्रमुख कृष्णहरि थापाको नगरबासीहरुलाई आग्रह

यसका साथै मुलपानी स्वास्थ्य केन्द्रमा आवश्यक औषधी उपकरणसहित डाक्टर सहितको स्वास्थ्य टोली २४ सै घण्टा खटिरहेकोले बिरामीहरुलाई प्रस्तावित नगर अस्पताल मुलपानी स्वास्थ्य चौकीमा गई स्वास्थ्य सेवा लिन पनि नगर प्रमुख कृष्णहरि थापाले सबै नगरबासीहरुलाई आग्रह गर्नुभएको छ ।
वडा स्तरीय समन्वय समिति गठन
कागेश्वरी मनोहरा नगरपालिकाले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सबै वडाहरुमा वडास्तरीय समन्वय समिति गठन गरेर कार्य गरिरहेको छ ।
आलापोट स्वास्थ्य चौकीमा क्वारेन्टाइन निर्माण
कागेश्वरी मनोहरा नगरपालिकाले आलापोट स्वास्थ्य चौकीमा क्वारेन्टाइन निर्माण कार्य सम्पन्न गरेको छ । कोरोना भाइरसको संक्रमण देखिएका र शंका लागेका बिरामीहरुलाई सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्वारेन्टाइन निर्माण गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बताउनुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले नगरपालिकाभित्र भएका सामुदायिक तथा निजि विद्यालयहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्नका लागि तयारी अवस्थामा राखिएको बताउदै नगर प्रमुख थापाले विदेशबाट आएका नगरबासीहरुको तथ्यांक संकलन र स्वास्थ्य परीक्षणका लागि पनि कार्य भैरहेको बताउनुभएको छ ।
नगर प्रमुख थापाले नगरबासीलाई आपत्कालिन अवस्था आएमा सम्बन्धित वडाका जनप्रतिनिधिहरुलाई सम्पर्क गर्न पनि अनुरोध गर्नुभएको छ ।
कागेश्वरी मनोहरा नगरबासी लगायत आम नागरिकलाई सरकारले गरेको निर्णयको सम्मान गरी घरमै सुरक्षित बस्न पनि नगर प्रमुख कृष्णहरि थापाले आग्रह गर्नुभएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाद्धारा एम्बुलेन्स सञ्चालन
कागेश्वरी मनोहरा नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
नगरबासीलाई सहज र सरल रुपले स्वास्थ्य सेवा प्रदान गर्नका लागि एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभएको छ ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट नगरबासीलाई जोगाउन आपत्कालिन अवस्थामा एम्बुलेन्सको व्यवस्था गरिएको गर प्रमुख थापाले जानकारी दिनुभएको छ ।
नगर स्वास्थ्य शाखाको बैठक सम्पन्न
कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखाको शाखाको आकस्मिक बैठक सम्पन्न भएको छ ।

सो बैठकमा नगरबासीहरुलाई आगामी दिनमा कसी छिटो, छरितो र प्रभावकारी रुपले स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य सेवालाई नियमित रुपमा सूचारु गर्ने सम्बन्धमा छलफल भएको स्वास्थ्य सह संयोजक लक्ष्मी कोइरालाले जानकारी दिनुभयो ।
बैठकमा कागेश्वरी मनोहरा नगरपालिकाभित्र भएका सबै स्वास्थ्य संस्थाहरुमा एएभ् सेट सुरक्षा सामाग्री १र१ लाख रुपैंयाँको चेक हस्तान्तरण गरिएको थियो ।
त्यसैगरी बैठकमा मुलपानी स्वास्थ्य चौकी प्रस्तावित नगर अस्पताललाई स्वास्थ्य सामाग्री र ३ लाख रुपैंयाँको चेक हस्तान्तरण पनि गरिएको थियो ।
मुलपानी स्वास्थ्य चौकी (प्रस्तावित नगर अस्पताल) का स्वास्थ्यकर्मीहरुलाई निशुल्क खाना र बस्नको व्यवस्था
मुलपानी स्वास्थ्य चौकी (प्रस्तावित नगर अस्पताल) मा स्वास्थ्य सेवा प्रदान गरिरहनुभएका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निशुल्क रुपमा आवाससहित खानाको व्यवस्था गरिएको स्वास्थ्य शाखा सह संयोजक लक्ष्मी कोइरालाले जानकारी दिनुभएको छ ।