लकडाउनको पूर्ण रुपमा पालना गर्न महानगर प्रमुख शाक्यको सम्पूर्ण महानगरबासीलाई अपिल

२० चैत्र काठमाडौं ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) को संक्रमणबाट जोगिनका लागि लकडाउनको पूर्ण रुपमा पालना गर्न सम्पूर्ण महानगरबासीलाई अपिल गर्नुभएको छ ।
महानगर प्रमुख शाक्यले आज एक अपिल प्रकाशित गरी कोरोना संक्रमणलाई सामान्य रुपमा लिई लकडाउन उल्लंघन ठूलो गल्ती हुन सक्ने भएकोले आफ्नो घरमै सुरक्षित तरिकाले बसी कोरोना बिरुद्धको राष्ट्रिय अभियानलाई सहयोग सबै महानगरबासीलाई आग्रह गर्नुभएको छ ।
विश्वका केहि ठूला देशहरुमा लकडाउनका कारण हाल महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमण रोक्न जटिल भैरहेको उल्लेख गर्दै महानगर प्रमुख शाक्यले बढि भन्दा बढि सर्तक र सचेत भएर सुरक्षित बस्न पनि महानगरबासीलाई अनुरोध गर्नुभएको छ ।
महानगरपालिकाले हाल दैनिक ज्यालादारी गर्ने र विपन्न बर्गलाई राहत बितरण गरिरहेको बताउदै महानगर प्रमुख विद्यासुन्दर शाक्यले राहत बितरणका क्रममा भिंडभाड नगरी व्यवस्थित तरिकाले राहत लिन सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ ।
लकडाउनका क्रममा कुनै नगरबासीलाई केहि समस्या परेमा सहयोगका लागि आफ्ना जनप्रतिनिधिहरुलाई सिधा सम्पर्क गर्न पनि महानगर प्रमुख शाक्यले महानगरबासीलाई आग्रह गर्नुभएको छ ।
महानगरपालिकाको टोल फ्री नं. ११८० तथा महानगर प्रमुख, उपप्रमुख लगायत सम्पूर्ण जनप्रतिनिधिहरुलाई तल उल्लेखित नं. मा सम्पर्क गर्न पनि महानगर प्रमुख शाक्यले अनुरोध गर्नुभएको छ ।